site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२०७३ मा बनाउने भनिएको नागढुंगा–नौबिसे सुरुङमार्गको बल्ल निर्माण सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले ०७३ सालमै निर्माण गर्ने भनेको नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण सम्झौता बल्ल भएको भएको छ । नेपाल सरकार र जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीबीच सुरुङमार्ग निर्माणसम्बन्धी सोमबार सम्झौता भएको हो ।

सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौताका लागि जापानी कम्पनी प्रतिनिधि एक साताअघि नै नेपाल आएको नागढुंगा–सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताए । असोज एक गते सम्झौता गर्ने तयारी गरिएकोमा बैंक ग्यारेन्टीको कागजातमा मुआब्जा लिने लाभग्राहीको नाम थप गर्नुपर्ने भएकाले सोमबार सम्झौता गरिएको खरेलले जानकारी दिए ।

निर्माण सम्झौता गरेर निर्माणका लागि कार्यादेश जारी गरी बजेटको सुनिश्चितता, पेस्कीका लागि ठेकेदार कम्पनीले बैंक ग्यारेन्टी राखिने महाशाखाले जानकारी दिएको छ । यस्तै सरकारले राइट अफ वे क्लियर र सुरुङमार्ग निर्माणका लागि यन्त्र, उपकरणको व्यवस्था गरेर अर्थ मन्त्रालयबाट भन्सार छुटको व्यवस्था मिलाउनुपर्ने खरेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

०७५ साउन २४ मा सडक विभागको विकास सहायता समन्वय महाशाखाले सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको यो आयोजनाका लागि पाँच चिनियाँ र एक जापानी कम्पनीले प्रस्ताव गरेका थिए ।

जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले करिब १६ अर्ब रुपैयाँमा सुरुङमार्ग निर्माण गर्ने सम्झौतामा उल्लेख छ । मुआजा वितरणसहित आयोजनाको सम्पूर्ण खर्च भने करिब २२ अर्ब रुपैयाँ रहेको खरेलले जानकारी दिए । 

Global Ime bank

सुरुङमार्गसम्बन्धी सोमबार सम्झौता भएर मङ्सिरपछि निर्माण सुरु हुने महाशाखाले बताएको छ । उक्त समयभित्रमा ठेकेदरलाई यन्त्र उपकरण निर्माणकार्य क्षेत्रमा ल्याउनका लागि समय दिइनेछ ।

काठमाडौंतर्फका केही घरटहरा भत्काउन बाँकी 

सुरुङ मार्ग निर्माणका लागि काठमाडौंतर्फ केही घर टहरा भत्काउन बाँकी छ । निर्माण कम्पनीले काम सुरु गर्नुअघि नेपाल सरकार पक्षले साइट क्लियर गरिसक्ने महाशाखाले जानकारी दिएको छ ।

०७३ सालमा भएको प्रारम्भिक चरणको सम्झौताअनुसार जापान सरकारले यो आयोजनाका लागि करिब १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाउने कम्पनीले ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माण हुने महाशाखाले बताएको छ ।

आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेंसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्ने हुन्छ ।

दहचोक–सिस्ने खोलासम्म सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुने महाशाखाले जानकारी दिएको छ । यो सुरुङमार्ग निर्माणपछि नागढुंगाबाट घुमेर जाने समयमा करिब १ घण्टा समय बचत हुनेछ । सुरुङमार्ग निर्माणपछि नागढुंगाबाट १० मिनेटमा नौबिसे पुग्न सकिन्छ ।

नेपालमै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गर्न लागिएको नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणका लागि ०७५ साउन २४ गते ग्लोबल टेन्डर आह्वान गरिएको थियो ।

प्रतिआना सात लाख मुआब्जा

सुरुङमार्ग निर्माणका लागि प्रतिआना सात लाख रुपैयाँदेखि नौ लाख ७० हजार रुपैयाँको दरमा मुआब्जा रकम तय भएको छ । काठमाडौंतर्फको दुई सय ६७ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ । यसका लागि करिब सात अर्ब रुपैयाँ मुआब्जा वितरण भइसकेको महाशाखाले जानकारी दिएको छ । काठमाडौंतर्फमा करिब ५० करोड रुपैयाँको मुआब्जा वितरण गर्न बाँकी छ ।

स्थानीयको विवाद, गुनासो र उजुरी परेको, विदेशमा रहेका जग्गा धनी, बैंकका धितोमा रहेको जग्गा र विवादित जग्गाको मुआब्जा अझै वितरण हुन नसकेको हो । धादिङतर्फको मुआब्जा रकम निर्माण भएसँगै आयोजनाले जापानी कम्पनीसँग ठेक्का सम्झौता प्रक्रिया अघि बढाएको हो ।

सुरुङमार्ग निर्माण गर्ने कम्पनी छनोट गर्न आशय माग गरिएको करिब एक वर्षपछि आयोजनाले मुआब्जाको विवाद समाधान गरेको थियो । सुरुङमार्ग निर्माण गर्न सरकारले काठमाडौं र धादिङतर्फ ३७६ रोपनी जग्गा अधिकरण गरेको छ ।

काठमाडौंको जग्गा अधिकरणका लागि मुआब्जा वितरण सुरु गरिए पनि धादिङतर्फको साउन २० गते मात्र मुआब्जा रकम निर्धारण गरिएको हो ।

धादिङतर्फ कुल अधिकरण गर्नुपर्ने जग्गामध्ये सडक सिमाङ्कनभित्रकोे मुआब्जा हालसम्म वितरण गरिएको छैन । सिमांकनबाहिर परेको ४४ रोपनी जग्गाको मुआब्जा वितरण गरिने भएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC