site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अहिलेको राजनीतिक माहोलदेखि मलाई डर लाग्छ
Sarbottam CementSarbottam Cement

मनीषा कोइराला पछिल्लो समय गम्भीर र परिपक्व भूमिकामा आफ्नो चलचित्रको करियर मोड्दैछिन् । यसको पछिल्लो उदाहरण हो– ‘प्रस्थानम’ । रिलिजको तयारीमा रहेको ‘प्रस्थानम’ मा मनीषा राजनीतिक परिवारको मुखियाकी श्रीमतीको भूमिकामा छिन् । यसै सन्दर्भमा ‘द हिन्दूस्तान टाइम्स’ले उनको बदलिँदो छनोटको बारेमा मनीषा कोइरालासँग कुराकानी गरेको छ । 

तपाईं नेपालको एक प्रभावशाली राजनीतिक परिवारबाट हुनुहुन्छ । राजनीतिमा आउन दबाब भएन ?

हो, धेरैले भन्ने गर्छन् । नेपालमा अहिले कोइराला परिवारको तेस्रो पिँढी राजनीतिमा छन् । तर पछिल्लो समय भने कोही आइरहेको छैन । यहि कारण तपाईं आउनुपर्यो भनेर धेरैले भनिरहनु हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको अहिलेको राजनीतिक माहोलसँग मलाई डर लाग्छ । के म अहिलेको राजनीतिक माहोलमा भिज्न सक्छु ? म यो माहोलबाट माथि आएर काम गर्न सक्छु होला र ? यो प्रश्नले सताउँछ मलाई । म एक कालाकार हुँ, त्यसैले म राजनीति गर्न सक्दिन जस्तो लाग्छ । फेरि कलाकार बनेर जुन आनन्दसँग जिन्दगी बिताइरहेकी छु, सायद यो हराउँछ होला । त्यसकारण मलाई लाग्दैन कि म कहिल्यै राजनीतिमा लाग्छु । म कलाकार हुँ र कलाकार बनेरै बस्न चाहन्छु ।

तपाईंले जिन्दगीमा धेरै उतारचढाव देखिसक्नु भएको छ । यदि यहि जिन्दगीलाई पुनः एकपटक बाँच्ने मौका पाउनुभयो भने आफ्नो कुनकुन गल्ती दोहोर्याउन चाहनुहुन्न ?

Global Ime bank

जिन्दगीलाई हेर्ने एउटामात्रै नजर हुँदैन । जिन्दगी जस्तो छ, हामीले यसलाई स्वीकार्नुपर्छ । हामीबाट जुन त्रुटिहरू भएका थिए, त्यसलाई बदल्ने कोसिस गर्नुपर्छ, तर यो भन्नु गलत हुन्छ– यदि मलाई दोस्रो पटक जिन्दगी जिउने मौका मिल्यो भने म केहि परिवर्तन गर्न चाहन्छु ।

मैले केही अलग काम गरेको र निर्णय लिएको भए म यो ठाउँसम्म पुग्दिन थिएँ । आज म जहाँ छु, त्यहि निर्णयले गर्दा हो र म निकै खुशी छु । यदि मैले ती गल्तिहरु नगरेको भए, सायद म यो ठाउँसम्म पुग्न सक्दिन थिएँ । त्यसैले म आफ्नो गल्तीहरुप्रति पनि आभारी छु । 

यद्यपि ती गल्तिहरु थिए, जसमा मलाई कुनै गर्व भने छैन । मलाई यस्तो लाग्छ यदि मैले गल्तिहरु गरेकी थिएँ भने त्यो पनि जिन्दगीको एक पाटो नै हो । हामी पर्फेक्ट छौं भनेर सोच्नु भ्रम हो । हामी सबैमा कमजोरी र राम्रो पक्ष सबै हुन्छ । बितेको कुरा त बितेर गइहाल्यो । अहिले मसँग जे छ त्यसमा ध्यान दिनुपर्छ ।

‘प्रस्थानम’ चलचित्र विरासतको लडाइँमा आधारित छ । समाजमा पनि जब विरासत र परिवारको नेतृत्वको कुरा आउँछ, तब पुरुष नै अगाडि आउँछन् । महिलालाई पछाडि पारिन्छ । तपाईं यो कुरा मान्नुहुन्छ ?

चलचित्रको कुरा गर्ने हो भने मलाई लाग्छ, महिलाहरु आफ्नो कुरा खुलेर बताउन थालेका छन् । महिलाहरुमा त्यो ‘बोल्डनेस’ आइसकेको छ । उनीहरुसँग ‘स्ट्रोङ माइन्ड’ छ, जसलाई उनीहरु बिना कुनै डर अभिव्यक्त गर्न सक्छन् ।

अहिले हरेक क्षेत्रमा यस प्रकारको परिवर्तनले स्थान पाइरहेको छ । महिलाहरु बराबरीको माग गरिरहेका छन् । हामी कसैको तल बस्न चाहन्नौं, हामी तपाईंको सम्मान गर्छौं, तर तपाईंले पनि हाम्रो इज्जत गर्नुपर्छ भनिरहेका छन् । 

राम्रो कुरा त के छ भने, पुरुष पनि यस्ता महिलालाई सहयोग गरिरहेका छन् । त्यसैकारण अब समय आइसकेको छ । महिलाले आफ्नो कुरा व्यक्त गर्नुपर्छ ।  उनीहरुले एकअर्कालाई सहयोग गर्नुपर्छ । धेरैजसो हामी देख्ने गर्छौं– महिला नै महिलाको लागि समस्या बन्न जान्छन् । परिवारमा सासुबुहारीको झगडा हामी धेरै अघिदेखि देख्दै आइरहेका छौं । मलाई लाग्छ विस्तारै विस्तारै महिलाले समाजमा आफ्नो स्थान पाइरहेका छन् । अझै पूरै परिवर्तन भैसकेको छैन, तर विस्तर विस्तारै हुँदैछ । यसलाई कसैले पनि रोक्न सक्दैन ।

बलिउडमा पनि अभिनेत्रीहरु सशक्तरुपमा बराबरीको माग गरिरहेका छन्, चाहे त्यो पारिश्रमिकमा होस् या भूमिकामा । तपाईंको समयका अभिनेत्रीहरु यी कुराहरुमा चुप बस्थे । यस्तो किन होला ?

त्यो समयमा धेरै नै डबल स्तर हुने गर्थ्यो । पुरुषको लागि छुट्टै स्तर र महिलाको लागि छुट्टै स्तर र मानक थियो । त्यो समयमा महिलाहरु त्यति आवाज उठाउँदैनथे । अहिले सुरु भएको छ, जुन एकदमै राम्रो हो । आजकलका महिलाहरु यति धेरै बोल्ड, सशतm र कमान्डिङ भएको देख्दा मलाई असाध्यै खुशी लागेको छ । 

त्यो समयमा हामीले यसरी आवाज उठाएको भए थाहा छैन के हुन्थ्यो होला । अभिनेता र अभिनेत्रीले एउटै विषयमा बोल्दा पनि त्यसको फरक फरक मतलब निकालिन्थ्यो । अभिनेत्रीको लागि फरक नियम र अभिनेताको लागि फरक नियम हुने गर्थ्यो । तर अहिले त्यस्तो छैन । अहिले यस्तो मतभेद भए कसैले पनि चुप लागेर सहेर बस्दैन । 

‘प्रस्थानम’ जस्तो पुरुषप्रधान चलचित्रमा तपाईंको भूमिका कति महत्वपूर्ण छ ? तपाईंले अब पहिला जस्तो मित्रताको चलचित्र होइन प्राक्टिकल सोच भएको चलचित्र छान्छु भन्नुभएको थियो । ‘प्रस्थानम’ छान्नुको कारण के थियो ?

हो, मैले भनेको थिएँ तर हरेक निर्णय हिसाब गरेर या त बिजनेस माइन्डबाट लिइँदैन । कतिपय निर्णय मनबाट पनि गरिएको हुन्छ, जसमा मित्रताले पनि महत्व राख्छ । हरेक निर्णय व्यावसायिक सोचका साथ लिइयो भने त जिन्दगी बेस्वादिलो हुन पुग्छ । ‘प्रस्थानम’ गर्नुको प्रमुख कारण सञ्जु र मान्यता हुनुहुन्थ्यो । उहाँहरुको होम प्रोडक्सनको चलचित्र थियो, उहाँहरुले मलाई फोन गर्दा म निकै खुशी थिएँ र कुनैपनि हालतमा नकार्न सक्दिन थिएँ । 

म लामो समयदेखि बाबा (सञ्जय दत्त) लाई चिन्छु र बाबाले मलाई सधैँ नै धेरै माया र इज्जत दिनुभएको छ ।  ‘रकी’ रिलिज भएदेखि म उनको फ्यान बनेको हो । त्यसैले मलाई एकदमै राम्रो लागिरहेको छ की उनले मलाई आफ्नो होम प्रोड्क्सनको चलचित्रमा अफर गर्नुभयो । यद्यपि चलचित्रमा मेरो भूमिका लामो छैन । मेरो धेरै र लामो लामो संवाद पनि छैन । तर निकै शान्त र सशक्त भूमिका छ मेरो । 
ऊ रुढिवाढी राजनीतिक परिवारकी महिला हो , जो भित्रभित्रै धेरै पीडा र दुविधामा छिन् ।

पहिले र अहिले चलचित्र छान्ने कुरामा के परिवर्तन आएको छ ? अहिले तपाईं केको आधारमा चलचित्र छान्नुहुन्छ ?

कुनै चाखलाग्दो चलचित्रमा मलाई अफर गरियो तर त्यो छोटो रोल हो भने पनि म गर्छु । जहाँसम्म पहिलेको कुरा थियो, त्यो समयमा म लिडिङ अभिनेत्रीमा मात्रै सीमित थिएँ । त्यो भन्दा बढ्ता म गर्न पनि सक्दिन थिएँ । 
त्यो भन्दा बाहिर आएर कुनै भूमिका गर्थे त त्यसमा केही न केही गडबड भै हाल्थ्यो । अहिले म त्यो परिधिबाट स्वतन्त्र छु । म जे मन छ त्यो गर्न सक्छु । अहिले म त्यो समयको नाच्न र गाउने रहर भएकी २० वर्षकी केटी होइन । आज मैले फरक फरक भूमिका निभाउने मौका मिलिरहेको छ र म यो मौकामा मज्जाले रमाइरहेकी छु । अब त त्यो क्यारेक्टरवाला स्टेरियोटाइप पनि खतम भैसकेको छ ।

तपाईं एआर रेहमानको चलचित्र ‘९९ सङ’ र वेब सिरिज पनि गर्दै हुनुहुन्छ । त्यसमा खास के कुरा छ ?

रेहमानजीको चलचित्रको बारेमा पनि मैले धेरै सोचिन किनभने उहाँको म धेरै सम्मान गर्छु । उहाँमा विश्वभरिको प्रतिभा छ । उहाँले मलाई यो चलचित्रको लागि फोन आउँदा मैले हुन्छ म गर्छु र आफ्नो भूमिकालाई राम्रोसँग निभाउछु भनेको थिएँ । एक्सपेरियन्स पनि राम्रै भयो । चलचित्रमा मेरो सानो रोल छ । वेब सिरिजको सुटिङ मैले सकाइसकेको छु । त्यसमा एकदमै महत्वपूर्ण र चाखलाग्दो रोल छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC