site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वराजदूत हत्या प्रकरणः वर्षदिनसम्म भेटिएन ‘क्लु’ ! सुरक्षा गार्डमाथि फेरि अनुसन्धान
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत वर्ष भदौ चार गते पूर्व राजदूत केशव झाको हत्यामा अनुसन्धानका लागि पक्राउ परेर छुटेका सुरक्षा गार्ड फेरि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले झाकै घरमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका सानुकान्छा तामाङलाई गएको शुक्रबार पक्राउ गरेको हो । 

परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटीले हत्या अनुसन्धानका लागि तामाङलाई पक्राउ गरिएको बताए । उनले भने, ‘‘अनुसन्धानका सबै कुरा भन्न मिल्दैन । सबै पक्ष केलाउने काम भइरहेको छ ।’’ सार्वजनिक अपराधमा म्याद थपेर अनुसन्धान गरिएका सानुकान्छाको भूमिका शंकास्पद रहेको प्रहरी अधिकारीले बताउँदै आएका थिए । एक प्रहरी अधिकारीका अनुसार सानुकान्छाका केही गतिविधि शंकास्पद देखिएपछि उनलाई पुनः पक्राउ गरिएको हो । 

हत्याको समयमा पनि पक्राउ परेका तामाङ पर्याप्त प्रमाण फेला नपरेपछि छुटेका थिए । सानुकान्छाले प्रहरीले आफूलाई यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरीसमेत दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष भदौ ४ गते झा बबरमहलस्थित आफ्नै घरमा मृत फेला परेका थिए । अनुसन्धानका क्रममा झाको हत्या भएको खुलेको थियो । सानुकान्छा काभ्रेको पनौतीमा बस्दै आएका छन् ।  पूर्वराजदूत झाकी पत्नी जानु झाले दिएको किटानी जाहेरीका आधारमा सानुकान्छाविरुद्ध कर्तव्य ज्यान कसुरमा ७ दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको डीएसपी वोगटीले जानकारी दिए । 

एक वर्षसम्म पनि भेटिएन ‘क्लु’

Global Ime bank

फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको हत्या भएको बुधबार एक वर्ष पुग्दैछ । यसअघि झाको अनुसन्धान महानगरीय अपराध महाशाखाले गर्दै आएको थियो । तर अहिले परिसर काठमाडौंले अनुसन्धान गर्न थालेको छ । जसका लागि महाशाखाले आफूले गरेको अनुसन्धानको फाइल परिसरको टोलीलाई बुझाएको एक प्रहरी अधिकारीले बताए । प्रहरी अधिकारीका अनुसार हालसम्म हत्यारासम्म पुग्ने बलियो ‘क्लु’ भेटिएको छैन । आफ्नै निवासमा झाको हत्या कसले र किन गर्यो भन्नेमै अनुसन्धान केन्द्रित छ ।

राजधानीमा आफ्नै घर भएको ‘हाइप्रोफाइल’ हत्याको अनुसन्धानमा प्रहरी सफल हुन नसक्दा आलोचना समेत हुने गरेको छ । अनुसन्धानमा संलग्न महाशाखाका प्रहरी अधिकारीका अनुसार हालसम्म शंकास्पद तीन सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्नुका साथै बयान लिइएको थियो । ती अधिकारीका अनुसार आसपासका ट्यापे, आपराधिक पृष्ठभूमिका सबैसँग बयान लिने, सोधपुछ गर्ने र हत्याका सम्भावित कारणहरु केलाउने प्रयास भएको थियो ।

झाको हत्या आर्थिक कारणले नै भएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । यसबीचमा महाशाखाको टोलीले बैंक विवरण हेर्नेदेखि झासँग सम्बन्धित सबै क्षेत्र तथा व्यक्तिमाथि निगरानी तथा अनुसन्धान गरेको थियो । महाशाखाको टोलीले तत्कालीन समयमा अनुसन्धानका लागि सुरक्षा गार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

तर, अनुसन्धानको क्रममा उनीहरुको संलग्नता पुष्टि हुन नसकेपछि छुटेका थिए । यसबीचमा सानुकान्छा फेरि पक्राउ परेका छन् । झाको टाउकोमा तीन चोट लागेको छ भने घाँटीमा दुई चोट लागेको पाइएको थियो ।  पोष्टमार्टम रिपोर्टअनुसार झाको मृत्युको कारण घाँटीमा गहिरो चोटका कारण भएको उल्लेख गरिएको छ । १० महिना बितिसक्दा पनि हत्यामा संलग्नको सामान्य पहिचान समेत खुल्न नसक्दा घटना रहस्यमय बन्दै गएको छ ।

प्रहरीका अनुसार भदौ ४ गते बिहान मालीको काम गर्दै आएका आइतसिंह तामाङ र जय बहादुर गुरुङ झाको घरमा पुगेका थिए । अबेरसम्म झा नउठेपछि श्रीमतीले सेक्युरिटी गार्ड र मालीकै सहयोगमा ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका थिए । झा सन् १९९३ देखि १९९७ फ्रान्सका लागि नेपाली राजदूत थिए । पूर्व राजदूतहरुको संगठनको निवर्तमान अध्यक्षसमेत रहेका उनले लामो समय चिफ अफ प्रोटोकलको भूमिका निर्वाह गरेका थिए ।

झा हत्या प्रकरणमा उनको उठबस कोसँग थियो, घरमा कोको आउने जाने गर्थे भन्नेतर्फ पनि अनुसन्धान केन्द्रित गरिएको प्रहरी अधिकारी बताउँछन् । ८० वर्षीय झा श्रीमती र एक सहयोगीका साथ बबरमहलस्थित घरमा बस्दै आएका थिए । झा भुइँतलामा एक्लै सुत्थे भने श्रीमती पहिलो तलामा सुत्ने गर्थिन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार झाको हत्यारा पहिलो तलाको झ्यालबाट छिरेको हुनसक्ने अनुमान छ ।

अनुसन्धानरत प्रहरीका अनुसार दोस्रो तलामा रहेको झ्याल र पहिलो तलामा रहेको झ्याल काटिएको छ । झाको घरमा भएको कुकुर समेतले रातमा भएको घटनाको चाल नपाउनु र कोठाभित्रै घाँटी दबाएर मारिएको तथ्य बाहिर आउनुले सुनियोजित हत्या भएको हुनसक्ने बताइएको छ । प्रहरीले घटनासँग सम्बन्धित कुनै ‘क्लु’ भेट्टाउन नसक्दा अनुसन्धानमा जटिलता थपिएको हो ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement