site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सल्लीपिर’ उपन्यासमा ‘सपना साङ्ग्रीलाको’ चलचित्र बन्ने

काठमाडौं । लेखक तथा उपन्यासकार नयनराज पाण्डेको उपन्यास ‘सल्लीपिर’मा आधारित चलचित्र ‘सपना साङ्ग्रीलाको’ बन्ने भएको छ । चलचित्रलाई अशोक थापाले निर्देशन गर्दैछन् ।

अन्तरराष्ट्रिय फिल्म फेस्टिवलमार्फत् वर्ल्ड प्रिमियरमा समावेश हुने गरी चलचित्र बनाउन लागिएको उनले बताए । “चलचित्र उपन्यासमा आधारित भएपनि ४० प्रतिशत उपन्यासबाट लिइन्छ भने बाँकी ६० प्रतिशत आफ्नै कथा हुने छ,” उनले भने ।

घरपरिवार र सामाजिक वातावरणले सानो बालकको मनोविज्ञानमा पर्ने असर र त्यसले निम्त्याउने परिणामको बारेमा चलचित्र बन्ने बताइएको छ । चलचित्र आगामी मंसिरको मध्यतिर छायांकनमा जाने थापाले बताए । चलचित्रको लगानी करिब ३ करोड हुने निर्देशक थापाले बताएका छन् ।

एम मिडिया प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रका लागि अहिले कलाकारको अडिसनको आवेदन खुला गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro