site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ महिला फुटबलरलाई प्रदेश १ सरकारको सम्मान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । प्रदेश १ सरकारले नेपाली महिला राष्ट्रिय टोलीका सदस्यहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । गत फागुनमा विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बनेको थियो । 

सरकारका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले मंगलबार एक कार्यक्रमबीच जनही एक लाख नगदसहित खेलाडीहरुलाई सम्मान गरेका हुन । खेलाडी र अफिसियललाई पुरस्कृत गर्दै मुख्यमन्त्री राईले खेलको माध्यमबाट राष्ट्रको पहिचान बढ्ने बताए । महिला राष्ट्रिय टोलीका सदस्यलाई सोमबार विराटनगर महानगरपालिकाले जनही ५० हजार नगदसहित सम्मान गरेको थियो ।

साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतसँग नेपाल ३–१ ले पराजित भएको  थियो । प्रदेश सरकार र महानगरले पूर्व घोषणाअनुसार सम्मान गरेका हुन । प्रदेश सरकारले उपाधि जितेको अवस्थमा जनही २ लाख र उपविजेता भए १ लाख दिने घोषणा गरेको थियो । मुख्यमन्त्री राईले प्रदेश सरकार खेलक्षेत्रको विकासमा ध्यान दिने र खेलाडीलाई हौसला प्रदान गरिरहने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC