site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढी र पहिरोका कारण कुन जिल्लामा कतिको ज्यान गयो र कति बेपत्ता भए ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । विभिन्न १६ जिल्लामा बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ३२ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार खोटाङमा तीन, इलाम, झापा र ओखलढुङ्गामा एक/एक जनाले ज्यान गुमाएका छन् । भोजपुरमा तीन जनाको मृत्यु भएको छ । 

सुनसरी, पर्सा र बारामा एक/एक जनाले ज्यान गुमाएका छन् भने काभ्रेमा तीन जनाको मृत्यु भएको छ । रामेछापमा एक जनाले ज्यान गुमाउँदा सिन्धुली, धादिङमा दुई/दुई जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । मकवानपुरमा तीन जनाको मृत्यु भएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

चितवनमा एक जनको ज्यान भएको छ भने काठमाडौंमा तीन र सबैभन्दा धेरै ललितपुरमा बाढी र पहिरोमा पनि पाँच जनाको ज्यान गएको छ । 

खोटाङमा एक, सुनसरीमा एक, काभ्रेमा दुई, रामेछापमा एक, कमवानपुरमा चार र धादिङ, चितवन र दोलखामा एक/एक जना गरि जम्मा १२ जना घाइते भएका छन् । 

Royal Enfield Island Ad

प्रहरीका अनुसार १७ जना बेपत्ता भएका छन् । पाँचाथर र झापामा एक/एक जना वेपत्ता भएका छन् भने भोजपुरमा दुई जना बेपत्ता भएका छन् । मोरङ, सुनसरी, उदयपुर र पर्सामा एक÷एक जना बेपत्ता भएका छन् । सिन्धुलीमा चार जना बेपत्ता हुँदा धादिङ, काठमाडौं र लिलितपुरमा एक/एक जना बेपत्ता भएका छन् । 

प्रहरीले खोटाङ र सुनसरीमा एक/एक र उदयपुरमा १० जनाको उद्धार गरेको जनाएको छ । महोत्तरीमा ५०० र रौतहटमा २०० जनाको उद्धार गरेको छ । 

सिरहामा दुई र सिन्धुलीमा ७० जनाको उद्धार गरेको प्रहरीले कमवानपुरमा एक तथा काठमाडौंमा ४२ ललितपुरबाट तीन र भक्तपुरबाट एक जनाको उद्धार गरेको छ । देशभरबाट जम्मा ८३१ जनाको उद्धार गरेको प्रहरीको भनाइ छ । 

बाढी र पहिरो प्रभावितको उद्धार तथा राहत वितरणमा २७ हजार ८३० प्रहरी परिचालन गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २८, २०७६  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro