site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धान दिवसको मूल कार्यक्रम बर्दियामा हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले यस वर्ष धान दिवस तथा रोपाइँ दिवसको मूल कार्यक्रम बर्दियामा गर्ने भएको छ । कृषि विभाग अन्तर्गत गठित सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन यो जानकारी दिएको हो । 
यस वर्षको धान दिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ धोविनीपुरमा गरिने भएको छ । दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ तय गरिएको छ । 
पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षमा धानको उत्पादन अहिलेसम्मकै उच्च भएको जानकारी पनि गराइयो । अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि भई ५६ लाख १० हजार टन धान उत्पादन भएको बताइएको छ । 
धान नेपालको मुख्य खाद्यान्न बाली हो । मनाङ्ग र मुस्ताङ्ग बाहेक सबै जिल्लामा धान खेती हुँदै आएको छ । नेपालमा मौसमको आधारमा चैते धान, वर्षे धान, भदैया धान, घैया धान र बोरो (हिउँदे) को रुपमा धान खेती गर्ने गरिन्छ । खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती गरिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC