खेल
काठमाडौं । एपीएफ क्लबले नुवाकोटमा भएको प्रथम उपमेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । सोमबार भएको फाइनल खेलमा होङ्ग्वान्जी न्यू डायमन्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै एपीएफल उपाधि आफ्नो पोल्टोमा पारेको हो ।
एपीएफले न्यू डायमन्डलाई पहिलो सेटमा २५-२१ को जित निकालेको थियो । त्यस्तै दोस्रो सेटमा २५-२० र तेस्रो सेटमा २५-१२ जित हात पारेको हो ।
एपीएफले उपाधिसंगै १ लाख ५० हजार हात पारेको छ । उता उपविजेता बनेको न्यू डायमन्डले ७५ हजारमा चित्त बुझाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २, २०७६ १९:२५
प्रतिक्रिया दिनुहोस्