site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इँट्टा वर्षाउने  विद्यार्थी आन्दोलन र भोलिको नेपाल

आंशिकरूपमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनले केही प्रश्न खडा गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका प्रमुख मानिने आंगिक क्याम्पसहरूमा स्ववियु निर्वाचन हुनसकेन । केही आँगिक र धेरै सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । तर, निर्वाचनले मृतप्रायः नेपालको विद्यार्थी आन्दोलनलाई प्राण भर्ने अपेक्षा भने समाप्त भएको छ । केही नहुनुभन्दा केही हुनु पक्कै पनि राम्रो हो । तर, जति भयो त्यो अंशमा सफल देखिए पनि पूर्णतामा हेर्दा असफल देखियो । 

यसले नेपालको विद्यार्थी आन्दोलन स्खलित भएको पुष्टि गरेको छ । आठ वर्षपछि भएको स्ववियु निर्वाचन अंशमा मात्र सफल हुनुले वर्तमान विद्यार्थी नेतृत्व पूर्णतः असफल सिद्ध भएका छन् ।

सबैकुरा भान्छामा जम्मा भइसक्ता पनि परिकार बनाउन नसक्नु अक्षमता नै हो । यस्तो असफल नेतृत्वबाट भोलिको नेपाल कस्तो होला ? आपूm प्रतिकूल परिणाम आउने क्याम्पसमा निर्वाचन भाँड्न षड्यन्त्रका जालो बुन्नेहरूसँग लोकतान्त्रिक संस्कारको अपेक्षा कसरी गर्ने ? फरक विचार राख्नेमाथि खुकुरी, तरबार र इँट्टा वर्षाउने घटना यस वर्ष पनि दोहोरिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो दीक्षाबाट आएका भोलिका नेताका रूपमा हेरिने आजका विद्यार्थी नेताबाट शान्त र समृद्ध नेपालको अपेक्षा कसरी गर्ने ? आंशिकरूपमा सम्पन्न स्ववियु निर्वाचनले यीनै प्रश्न छोडेर गएको छ । 

नेता कि दास उत्पादनको कारखाना  ? 
विद्यार्थी संगठनलाई नेपालका राजनीतिक दलले नेता उत्पादनको कारखानाका रूपमा हेर्ने गर्छन् । अहिलेका धेरै नेता विद्यार्थी आन्दोलनबाटै आएकाले पनि यसो भनिएको होला ।

Global Ime bank

तर, पछिल्लो समय विद्यार्थी संगठनको औचित्यमा प्रश्न गर्दै भन्न थालिएको छ – विद्यार्थी आन्दोलन अब नेता होइन दास उत्पादनको कारखानामा रूपान्तरित भइसकेको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादको सिकार स्ववियु निर्वाचन भयो । नेविसंघको पनि केन्द्रीय समिति होइन पार्टी नेता प्रकाशशरण महत संयोजक रहेको विद्यार्थी हेर्ने निर्देशक समितिको आदेशमा क्याम्पसहरूमा ताला झुन्ड्याएर निर्वाचन कार्यतालिका प्रभावित गरियो ।

जसले उम्मेदवार खडा भइसकेका, मतदाता नामावली सार्वजनिक भइसकेका क्याम्पसमा पनि स्ववियुको चुनाव भएन । विगतमा पार्टीले राजसंस्था भन्दा गणतन्त्रको नारा उराल्ने नेविसंघ पार्टी नेतृत्वको चुनाव विरोधी आदेश शिरोपर गरेर बस्यो । आफ्नै संगठनका कार्यकर्ताले केन्द्रको निर्देशनविपरीत तालाबन्दी गर्दा अनुशासनको कारवाही गर्न सकेन ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएको भन्दै वैशाख ३१ सम्म स्ववियु चुनाव हुननसक्ने बताएपछि त केही थोरै रहेको आशा पनि मृत प्रायः भयो । विद्यार्थी राजनीति विद्यार्थी संगठनको केन्द्रीय समिति होइन उसको पार्टीले नै चलाउने भएपछि विद्यार्थी संगठनका केन्द्रीय नेतृत्व ‘बुख्याँचा’ मा परिणत भए ।

तिनले आफ्नो निर्वाचन नरोक भनेर पार्टीलाई भन्नसमेत सकेनन् । अर्को गुटको जित्नुभन्दा बरु चुनावै नहोस् भन्ने मानसिकता नेविसंघ, नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा विद्यमान देखियो । यसले विद्यार्थी नेताहरू पार्टी नेताका  इमानदार कारिन्दामा सीमित बन्न पुगे । उनीहरू आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन सफल बनाउने र आफूले गरेको विद्यार्थी राजनीतिको प्रतिष्ठा फर्काउने अवसरबाट चुके ।  पार्टीको खटनपटनभन्दा एक इन्च दायाँबायाँ गर्न नसक्ने विद्यार्थी आन्दोलनले स्वाभिमानी नेता जन्माउन सत्तैmन । आफ्नो निर्णय आफँै नगर्ने र आफ्नो अधिकार लुटिँदा ‘चुँ’ सम्म नगर्ने दासहरू आजका आवश्यकता होइनन् ।

विद्यार्थी आन्दोलन क्रमशः नेता होइन दास उत्पादनको कारखाना बन्ने बाटोतर्फ उन्मुख देखिएको छ । विगतमा अघिल्लो पुस्तालाई गाली गरेर चर्चा बटुल्ने पछिल्लो पुस्ता थियो । तर, अहिलेको पुस्ता त अघिल्लो पुस्तालाई गाली गर्ने हैसियतमा समेत देखिएनन् । बस्, आज्ञाकारी कारिन्दामा खुम्चियो भोलिको सम्भावित नेतृत्व । 
  
भोलिको नेपाल 
युवा विद्यार्थीलाई भविष्यको कर्णधार भन्ने गरिन्छ । तर, आजकै युवा विद्यार्थी विवेकको आवाज बोल्न सक्दैनन् र सत्यको पक्षमा उभिन सक्दैनन् भने तिनलाई के भन्ने ? ‘न भूतो न भविष्यति’ शैलीमा रमाएका विद्यार्थी नेताबाट भोलिको नेपालको सफल नेतृत्वको अपेक्षा गर्न सकिन्न । मूल धमिलो भएपछि धारामा झर्ने धमिलै पानी हो । न विचारको बहस न कुनै एजेन्डा ।

‘ट्यापेटुपे’, कुण्डले, मुन्द्रेहरूको जुलुस, अन्टसन्ट चिच्याइ र सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्नुमै सीमित हुन थालेको छ विद्यार्थी आन्दोलन । विद्यार्थीकालबाटै भ्रष्टाचार र गुण्डागर्दीमा प्रशिक्षित हुँदैछन् उनीहरू । यसले हामीले कल्पना गरेको समृद्ध नेपालको नेतृत्व अब विद्यार्थी आन्दोलनबाट जन्मने सम्भावना टर्दै गएको भान हुन्छ । त्यसो भए के हुन्छ त भोलिको नेपाल ? कसले नेतृत्व गर्ला ? कस्तो होला नेतृत्व ? प्रश्न स्वाभाविकरूपमा उठ्छ । 
नेपालको राजनीतिमा जनतालाई आफ्नो स्थायी मतदाता ठान्ने दलहरूलाई प्रश्न गर्दै वैकल्पिक शक्ति स्थापनाको प्रयास जारी छ । पछिल्लो समय विभिन्न पेसा, व्यवसायमा सफल र स्थापित व्यक्तिहरूसमेत त्यस्ता अभियानमा जोडिन थालेका छन् । राजनीतिक दलसँग वाक्क भएर विकल्प नभेटेका जनताका लागि यस्ता शक्ति विकल्प हुन सक्छन् ।

तर, नेपालजस्तो एकपटक मतदान गरिसकेपछि आजीवन त्यही दलमा मत हाल्ने स्थायी मतदाता भएको देशमा त्यति सजिलै वैकल्पिक शक्तिले आकार ग्रहण गर्न कठिनै छ । यस्ता प्रयास पानीको फोका सिद्ध भएनन् भने भोलिको नेपालका लागि असल नेतृत्व जन्मनेछ । राजनीतिलाई पेसा बनाएर हुर्किँदै गरेको राजनीतिक दलभित्रका ती पुस्ताबाट अहिलेको नेतृत्वबाट भन्दा बढी अपेक्षा गर्न सकिन्न । राम्रो अध्ययन गरेका,  वर्तमानको गहिरो बुझाइ र भविष्यको सुन्दर कल्पना भएका विभिन्न पेसा, व्यवसायमा संघर्ष गर्दैगरेका ऊर्जाशील युवा भोलिको नेपालको नेतृत्वका लागि आउन उत्साहित हुँदैछन् ।

आजको विद्यार्थी आन्दोलनले केही निराश बनाए पनि विभिन्न क्षेत्रमा युवाले प्राप्त गरेको सफलताले आशाको सञ्चार पक्कै गरेको छ । सामाजिक आन्दोलन र विपद्का बेलामा उनीहरूले देखाएको सक्रियताले राजनीतिको लगाम नलागिसकेका ती युवाप्रति नेपाली समाजले आशाको नजरले हेरिरहेको छ ।

पार्टीको आदेशपालकभन्दा स्वःस्फूर्त सामाजिक आन्दोलनमा निर्धक्क आफ्नो कुरा राख्ने स्वाभिमानी युवा पुस्ताप्रति समाजले अपेक्षा गर्न थालेको छ । भूकम्पपछिको सहायता, पुनस्र्थापनामा ती स्वाभिमानी युवाले देखाएको साहस र डा.गोविन्द केसीको मागको समर्थनमा सरकारलाई समेत झुक्न बाध्य बनाउने ती युवा पुस्ता भोलिको नेपालका बलिया खम्बा हुन् । कालो बादलमा चाँदीको घेरा भनेजस्तै भोलिको नेपालका लागि चाँदीको घेरा बनेका छन् उनीहरू । मात्र खाँचो छ, सशक्त र संगठित आवाजको । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७३  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !