site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आठ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले नौ वर्ष अवधिको विकास ऋणपत्र २०८५ “ग” बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्ने भएको हो ।

ऋणपत्र शुक्रबार निष्काशन हुनेछ भने बोलकबोल बिहीबार ३ बजे भएको छ । ऋणपत्र खरिद बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले गर्न सक्ने बताइएको छ ।

Dabur Nepal
NIC Asia

ऋणपत्र २०८५ साल जेठ ३ गते परिपक्क हुने राष्ट्र बैंकले जानकारी दिएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहबीच बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ६ सय ४० करोड छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैँकले जानकारी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro