site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समकक्षीलाई एक करोडको चेक दिँदै मुख्यमन्त्री राईले भने– एकको पीडामा अर्कोलाई दुख्नुपर्छ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुर । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई प्रदेश दुईको राजधानी जनकपुर पुगेका छन् । हालै बारा र पर्सामा आएको आँधीबेहरी पीडितलाई सहयोग रकम हस्तान्तरण गर्न जनकपुर पुगेका मुख्यमन्त्री राईले प्रदेश सरकारबीच सहकार्य र सहयोग आदानप्रदान हुनुपर्नेमा जोड दिए । “प्रदेशहरुबीच  साथ सहयोग हुनुपर्छ, सम्बन्ध हुनुपर्छ । एकको पीडामा अर्कोलाई दुख्नुपर्छ,” राईले भने । 

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री आफैं राहत रकम दिन आएकोमा खुसी व्यक्त गरे । “राम्रो सन्देश हो यो साँच्चै यही एकता चाहिएको हो अहिले। यो सद्भाव सराहनीय छ,” उनले भने । 

सो अवसरमा मुख्यमन्त्री राईले राउतलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । आँधीबेहरीलगत्तै प्रदेश सरकारले एक करोड सहयोगको घोषणा गरेको थियो । गएकाे चैत दोस्रो साता बारा र पर्सामा आएको आँधीबेहरीमा परी २९ जनाको ज्यान गएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय