देश
काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानबाट झण्डै ११ हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । महानगरीय प्रहरी वृत्त वौद्ध र प्रभाग कपनको संयुक्त टोलीले त्रिवेणीचोक लगायतका विभिन्न स्थानबाट मदिरा बरामद गरी नष्ट गरेको हो ।
घरेलु तयारी मदिरा, कच्चा पदार्थ तथा अवैध मदिरा बनाउन प्रयोग गरिने ड्रम र भाँडासमेत फेला परी स्थानीय बासिन्दा, वडा प्रतिनिधिको रोहबरमा नष्ट गरिएको वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले बताए । काठमाडौंमा सबैभन्दा बढी अवैध घरेलु मदिरा उत्पादन बौद्ध क्षेत्रमै हुने गरेको पाइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६ ११:१५
प्रतिक्रिया दिनुहोस्