site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल लागुऔषधको ट्रान्जिट ! विमानस्थलमा कुकुरबाट जाँच
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विश्वमै सबैभन्दा बढी अवैध कारोबार हुने तीन क्षेत्र हुन्– मानव तस्करी, अवैध हतियार र लागुऔषध । नेपाल पनि यसबाट अछुतो छैन । पछिल्लो एक दशकयता अन्तर्राष्ट्रिय लागुऔषध तस्करले नेपाललाई तस्करीका लागि ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दै आएका छन् । 

तर, लागुऔषध नियन्त्रण व्युरोका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईं विगतको तुलनामा तेस्रो मुलुकबाट विमानस्थल प्रयोग गरेर हुने तस्करी न्यून भएको बताउँछन् । प्रसाईंले भने, ‘‘विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध नेपाल भित्र्याउन वा नेपालबाट बाहिर लैजान मूर्ति, अगरबत्तीमा, सारङ्गी, बिस्कुट आदि प्रयोग गरिन्थ्यो । तर अहिले त्यो अवस्था छैन ।’’ विश्वका कतिपय देशमा लागुऔषध कारोबार गर्ने क्रममा मृत्युदण्डको सजाय भएको र नेपालमा त्यस्तो कानुन नभएकाले पनि तस्करले नेपाललाई ट्रान्जिट बनाउने गरेको कतिपयको तर्क छ । व्युरोमा लामो समयदेखि कार्यरत एक अधिकारीका अनुसार ब्राजिल, पेरु लगायतका अमेरिकी महादेशीय राष्ट्रबाट नेपालमा कोकिन र हेरोइन भित्रिन्छ । तर भित्रिएका कोकिन र हेरोइन नेपालमा प्रयोग नभएर भारत हुँदै चीन, थाइल्यान्ड, हङकङ, सिङगापुर, मलेसिया लगायतका पूर्वी एसियाका मुलुकमा पुग्ने गर्छ । 

‘आइस ड्रग’ को रुपमा रहेको एम्फिटामाइन हङकङ, थाइल्यान्ड हुँदै ट्रान्जिटका रुपमा नेपाल ल्याइने गरेको छ । तर तस्करले प्रायः साधारण व्यक्तिलाई भरियाको रुपमा प्रयोग गर्ने गर्छन् । प्रायः लागुऔषध कारोबारका नाइके पक्राउ पर्दैनन् । एसपी प्रसाईका अनुसार कोकिन, एम्फिटामाइन, हेरोइन जस्ता लागुऔषध नेपालीले प्रायः प्रयोग गर्दैनन् । यी लागुऔषध निकै महङ्गो भएकाले उच्च घराना वा भारततर्फ जाने गरेको पाइन्छ । प्रसाईले गाँजा, चरेश, अफिम प्रायः नेपालबाट भारतमा जाने गरेको बताए । नेपालबाट भारतमा गरिने तस्करीका लागि समेत तस्करले नयाँ–नयाँ तरिका अपनाउने गरेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अन्तराष्ट्रिय लागुऔषध कारोबारीले रुट बदलेर दक्षिण अमेरिकामा उत्पादन हुने कोकिन नेपाल हुँदै युरोप पुर्याउने गरेको पाइएको थियो । नेपालमा विभिन्न समयमा भारत, इजरायल, इरान, इटाली, जोर्डन, मलेसियाका साथै अस्ट्रिया, बोलिभिया, बेलायत, चीन, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, गिनी, जर्जिया लगायत देशका नागरिक पक्राउ परेका छन् । उनीहरुले नेपालमै बसेर लागुऔषधको कारोबार गर्ने गरेको विभिन्न समयमा पाइएको थियो । अनुसन्धानमा क्रममा पोल्यान्ड, रसिया, स्विट्जरल्यान्ड, सेरालियोन, दक्षिण अफ्रिका, थाइल्यान्ड, टर्की, युक्रेन, अमेरिका तथा भेनेजुयला, नेदरल्यान्ड, नाइजेरिया, नामिबिया, फिलिपिन्स र  पाकिस्तानका नागरिक समेत नेपालमा लागुऔषध तस्करीको क्रममा पक्राउ परेका थिए । तर पछिल्लो समय भारतबाट नेपाल वा नेपालबाट भारत हुने लागुऔषध तस्करी बढ्दो क्रममा रहेको प्रहरीकै तथ्याङ्कले देखाउँछ । 

आठ महिनामा ३७ सय पक्राउ

Royal Enfield Island Ad

गत ८ महिनाको अवधिमा मात्रै लागूऔषध प्रयोगकर्ता, कारोवारी तथा ओसारपसारमा संलग्न ३ हजार ७  सय ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ३ हजार ५ सय ७७ जना पुरुष र १ सय ८७ जना महिला रहेका छन् । जसमा १ सय २९ जना विदेशी नागरिक छन् । भारतीय नागरिकको संख्या बढ्दो छ । तस्करहरुले लागुऔषध ओसारपोसारमा महिलाको समेत प्रयोग गर्न थालेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम लागु भएपछि मात्रै २ हजार ४ सय ४५ मुद्दा दर्ता भएका छन् ।

८ महिनाकै अवधिमा  हजार ६ सय ३७ केजी ६ सय २४ ग्राम गाँजा, २ हजार ६७ केजी चरेश, ८ केजी २२ ग्राम हेरोइन, ५ केजी ७ सय ग्राम अफिम प्रहरीले बरामद गरेको छ । साइकोट्रोपिक्स औषधी लागूऔषध अन्तर्गत १ लाख ८० हजार २ सय १३ ट्याब्लेट, १ लाख ४७ हजार ९ सय ७२ एम्पुल, २ हजार  ५ सय ९१ कोरेक्स, १ हजार ४ सय २२ डाईलेक्स, ७ सय ३५ एम्फेटामाईन, २ सय ७८ फेन्सिडेल, ८१ पोल्याण्ड,३१ प्रोजिन, १८ डिआर रेड्डिस, ८५ पिस सिरिन्ज, ५ कोडिन, ६ डिकफ, १ सय ४० ऐटेन, २ सय २० ग्राम मेटाफेटामाईन, २ सय ९९ अनरेक्स, ५६ लाब्रोटी, २२ प्रोमिथाईजेन र २ सय १० केजी भाङ बरामद गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । 

अवैध लागूऔषध कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको कारण समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी सक्रियता र नागरिकसँगको सहकार्य भएको प्रहरी अधिकारी बताउँछन् । तर संगठित र अन्तर्राष्ट्रिय गिरोहको सञ्जालले लागूऔषध कारोबार नियन्त्रणमा चुनौती भने बढ्दो छ । 

लागुऔषध कारोबार नियन्त्रणका लागि नेपाल सरकारले लागुऔषध नियन्त्रण रणनीति २०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ अन्तर्गत बुँदा नम्बर ७३ देखि ७६ सम्म लागूऔषध सम्बन्धी नीति तथा योजना समावेश गर्नुको साथै लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियान २०७५ शुरु गरेको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी (हाल उनी काठमाडौं परिसरमा सरुवा भएका छन्) लागूऔषधको ओसारपसार, खुल्ला सीमाना र लागूऔषधको सहज प्राप्तिको कारण कारोबार बढेको बताउँछन् । उनका अनुसार लागूऔषध व्यवसाय र प्रयोग हुने ठाउँहरु पहिचान गरी प्रहरीले ती क्षेत्रमा कारवाही तीव्र पारेको छ । 

सुवेदीको बुझाइमा ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, खर्चिलो सूचना व्यवस्थापन विधि र बजेटको सीमितता नै नियन्त्रणका चुनौती हुन् । लागुऔषध नियन्त्रण व्यूरोका एसपी प्रसाईंले भने, ‘‘गाँजा, चरेश पहाडी भागमा आफै उम्रन्छन् । खुला सीमानाको कारण तस्करले कारोबार गर्ने विभिन्न उपाय अपनाउँछन् । यस्ता चुनौति समाधान गर्न ब्यूरोले सीमित साधनस्रोत र जनशक्तिको उच्चतम प्रयोग गरी काम गर्दै आएको छ । अन्तर्राष्ट्रिय सन्धी सम्झौताको परिधिमा रहेर राष्ट्रिय, अन्तर्राष्ट्रिय निकायहरुसँग समन्वय गरी काम भइरहेको छ ।’’ प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तालिमप्राप्त कुकुरबाट लागुऔषध चेकजाँच भइरहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro