अर्थ व्यवसाय
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्स अस्पतालमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अस्पतालको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६ १९:२६
प्रतिक्रिया दिनुहोस्