site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार असफल भयोः रमेश लेखक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । उनले भने,“यो सरकार बनेको १४ महिना बितिसक्यो, तर यसले अहिलेसम्म जनतामा कुनै ठोस उपलब्धि देखाउन सकेको छैन । यो सरकार काम गर्न भन्दा पनि गफ र भाषणमा धेरै सफल भएको छ यथार्थमा यसले जनतामा कुनै अनुभुति हुने काम गरेको छैन ।”

नेता लेखकले सरकारको पहिलो जिम्मेवारी भनेको नै मुलुकमा शान्ति, सुरक्षा कायम गर्नु भएको बताउँदै यही महत्वपूर्ण काममा नै सरकार असफल भएको दाबी गरे ।  उनले भने, “अपराध न्यूनिकरण गर्ने र अमनचयन कायम गर्न सरकार असफल भयो ।”
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाएर कारबाही गर्न नसकेको उनको आरोप छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “एकपछि अर्को आयोग बनाउने काम गर्यो, तर आयोगले बुझाएका प्रतिवेदन निबन्धजस्तो मात्रै भयो । सरकार आफ्नो दायित्वबाट पूर्ण रुपमा च्यूत भयो ।”  विकास निर्माणको सवालमा पनि सरकार असफल भएको उनको आरोप छ । 

उनले चीनबाट र भारतबाट रेल आउँछ भनेर सरकारले जनतालाई कल्पनामा बगाउने काम गरेको पनि आरोप लगाए । उनले भने, “भारत र चीनबाट कति वर्षमा रेल आउँछ भन्ने कुरा हामीलाई पनि थाहा छ, यो सरकारसँग कुनै तथ्य र तथ्यांक छ त ? तर, यहाँ त भोलि बिहानै काठमाडौंमा रेल आउँछ जसरी भाषण गर्ने काम भैरहेको छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !