site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नसर्ने रोग : नेपालमा ११.७ प्रतिशतमा दम र ८.६ प्रतिशतमा मधुमेह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पछिल्लो समय नसर्ने रोगको पहिलो नम्बरमा दम रोग देखिएको छ । स्वास्थ्य अनुसन्धान परिषद्‍ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार ११ दशमलव ७ प्रतिशत नेपालीमा दम रोग रहेको पाइएको हो । यो तथ्यांक ७२ जिल्लाको हो । 

८ दशमलव ६ प्रतिशतमा मधुमेह, ६ प्रतिशतमा दीर्घकालीन मिर्गौला रोग र २ दशमलव ९ प्रतिशतमा मुटुरोगको समस्या रहेको पाइएको छ । परिषद्ले ७२ जिल्लाका २० वर्ष माथिका उमेरका १३ हजार २ सय र २० वर्ष उमेर समुहका व्यक्तिमा सर्वेक्षण गरेको थियो । जसमा सबैभन्दा बढी दम रोग देखिएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१६ देखि २०१८ सम्म विभिन्नस्तरबाट दुई चरणमा अनुसन्धान गरिएको थियो ।
 
त्यसैगरी अनुसन्धान परिषद्का अधिकृत डा. मेघनाथ धिमालले पछिल्लो समय नसर्ने रोगको जोखिम बढीरहेकोमा दम रोगको जोखिम उच्च देखिएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“दीर्घकालीन नसर्ने रोगहरू विशेषगरी न्यून तथा मध्यम आय भएका राष्ट्रहरूमा रोग र मृत्युको मुख्य कारकका रूपमा रहेको छ”, उनले भने, “सुर्तीजन्य पदार्थको सेवन, मादकपदार्थको सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्रा, उच्च रक्तचाप महिलामा भन्दा पुरुषमा बढी देखिएको छ ।”

नेपालमा दीर्घकालीन नसर्ने रोगहरुको जोखिम पछिल्लो समय बढीरहेको छ । जसललाई दीर्घकालीन रोग रोकथामसम्बन्धी कार्यक्रम आवश्यक भएको परिष्दका अध्यक्ष डा. अञ्जनीकुमार झाले बताए । उनले भने, “सन् २०१८ मा समपन्न भएको अध्ययनमा सरकारी स्तरबाट नै नसर्ने रोग नियन्त्रणका कार्यक्रम गनुपर्ने देखिएको छ । ”

Global Ime bank

परिषद्ले कुन रोगको जोखिम कस्तो छ भन्ने रगत र पिसाबको नमुना संकलन गरेर जाँच गरेको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC