site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गुठीका जग्गापनि जताततै अतिक्रमणमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारी जग्गा हिनामिना भइरहेको विवरण सार्वजनिक भइरहेको बेलामा गुठीमा रहेका जग्गाको अवस्था पनि चुस्त दुरुस्त राख्नका लागि गुठी संस्थानले काम गर्न नसकेको र मातहतका जग्गा गोलमाल गरिएको पाइएको छ ।  राजधानी लगायत देशका विभिन्न भागमा रहेका जग्गा अतिक्रमणमा परेको महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ । 

गुठी जग्गाको लगत तयार गर्ने, संरक्षण तथा सम्बर्द्धन गर्ने, अतिक्रमण हुन नदिने, व्यवस्थित रुपमा उपयोग गरी आयआर्जन गर्ने, जग्गाको उपयोगबापत प्राप्त देवस्वको हिसाबकिताब दुरुस्त राख्ने तथा उठ्न बाँकी गुठी रकमको लगत राखी आवश्यक कारबाही अगाडि बढाउने कार्य गुठी संस्थानले गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । 

गुठी संस्थानले २०७१ सालमा तयार गरेको अभिलेखअनुसार पहाडमा ५ लाख ६१ हजार ९९०  रोपनी र तराईमा ६६ हजार ३३० बिगाहा गुठी जग्गा रहेको देखिएतापनि तत्पश्चात् जग्गाको अभिलेख अद्यावधिक गरिएको छैन ।  

Prabhu Bank
Agni Group
NIC Asia

संस्थानको अभिलेख प्रणाली परम्परागत तथा अत्यन्त पुरानो भएका कारण जग्गाको अभिलेख व्यवस्थापनमा समस्या देखिएको तथा गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय, भद्रकाली काठमाडौंमा पुराना लालमोहर, सनद, सवाल, ताम्रपत्र, लगत, मोठ, स्रेस्तालगायतका अभिलेख रहेकोमा उक्त कार्यालयको भवन जीर्ण अवस्थामा रहेकोले ताम्रपत्र, स्वर्णपत्र आदि समेत रहेका यस्ता महत्वपूर्ण अभिलेखलाई प्रकाश, आद्रता, तापक्रम मिलाइ व्यवस्थित गर्नसकेको नदेखिएको महालेखाले जनाएको छ । 

केही वर्ष पहिले वैदेशिक सहायताबाट सञ्चालित परियोजनाले अभिलेखलाई माइक्रोफिल्म र डिजिटाइजेसन गर्न सहयोग गरे तापनि तत्पश्चात सोको निरन्तरता र जगेर्नामा संस्थानले पर्याप्त ध्यान दिन नसकेकोे बताइएको छ ।  लगतहरुको संरक्षण गर्न नसकेमा गुठी सम्पत्तिको नाश हुने र अतिक्रमण हुने सम्भावनातर्फ संस्थानको ध्यान जानुपर्ने समेत सुझाव महालेखाले दिएको छ ।

Global Ime bank

गुठी जग्गाको उपयोग सम्बन्धमा दीर्घकालीन तथा अल्पकालीन नीति तर्जुमा गर्नुपर्ने र  संस्थान मातहतका ५ प्रकारका जग्गाहरुको प्रभावकारीे उपयोग गर्न संस्थानले कुनै नीति तयार नगरेको जनाइएको छ । 

संस्थानको सेवालाई प्रभावकारी र आधुनिक तवरले सञ्चालन गर्न संस्थानले अध्ययन मुल्यांकन गरेको नपाइएको र संस्थानका समग्र कार्य सञ्चालन तथा जग्गाको उपयोगलाई प्रभावकारी बनाउन नयाँ गुठी ऐनको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा पेस गरेको १ वर्ष भए तापनि त्यसले अन्तिम रुप नलिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तसर्थ नीति तथा रणनीति तयार गरी प्रभावकारी रुपमा कार्य सञ्चालन गर्नुपर्ने त्यसमा सुझाव दिइएको छ ।  

संस्थान मातहत रहेको गुठी तैनाथी जग्गाहरुको उपयोग गर्नको लागि व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेका मुख्य शहरका प्रमुख स्थानहरुको पहिचान गरेको देखिएको र  व्यापारिक भवनहरु तयार गरी लिजमा दिई आय आर्जन गर्न बोलपत्र वा सूचना प्रकाशन गरे तापनि अधिकांश कार्य सफल हुनसकेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । संस्थानले सूचना प्रकाशन गरेपछि अधिकांश जग्गामा स्थानीय जनताबाट निर्माण कार्य अवरोध गर्ने गरी निवेदन परेको, काम कारबाही नगराउन अदालतमा मुद्दा परी विचाराधीन रहेको देखिएको समेत जनाइएको छ । प्रतिवेदनमा जनाइए अनुसार  काठमाडौँंको बबरमहलस्थित केदारेश्वर महादेव गुठी तैनाथी कि.नं. १८४, सिट नं. ११४५–२० को २ रोपनी १४ आना क्षेत्रफलको जग्गा स्थलगत अवलोकन गर्दा अतिक्रमणमा परेको पाइएको जनाइएको छ ।

राष्ट्रिय युवा परिषद्लाईृ बिक्री गर्नकोलागि पत्राचार तथा मुल्यांकन समेत भएको जग्गा अझै बिक्री नभएको प्रतिवेदनमा उल्लेख छ । 

जग्गाको उत्तरतर्फ स्थानीय बासिन्दाले निजी प्रयोजनका लागि बाटो खोलेको देखिएको र  सोही दिशामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आफू मातहतको भवन निर्माण गरेको जनाइएको छ ।  जग्गाको पूर्व दक्षिण भागको जग्गा अतिक्रमण गरी केही  टहरा बनाइएको भएपनि उक्त अतिक्रमणलाई संस्थानले हटाउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, काठमाडौं कमलादी गणेश मन्दिर परिसरमा संस्थानको स्वामित्वमा रहेको एक सत्तल पुरानो भई जीर्ण भएको देखिएको र  सत्तलको भुईतलामा ८ वटा पसल सञ्चालनमा रहेको र सोको माथिल्लो तलामा विभिन्न व्यक्तिहरु बसोबास गरेको पाइएको जनाउँदै प्रतिवेदनमा ती  पसलहरु संस्थानले बहालमा लगाएको भए तापनि संस्थानलाई अत्यन्त न्यून रकम प्राप्त भएको देखिएको जनाइएको छ । 

व्यापारिक दृष्टिकोणले महत्वपूर्ण उक्त स्थानमा पुरानै शैलीमा व्यवस्थित सत्तल बनाउने र मन्दिरको वातावरणमा असर नपर्ने प्रकृतिका व्यवसायका लागि भाडामा दिने हो भने संस्थानको आय वृद्धि हुने सुझाव दिइएको छ ।  काठमाडौंँ चाबहिलस्थित कि.नं. १००को १० रोपनी ८ आना जग्गा रहेको चक्र पूजा गुठी जग्गाको विषयमा सर्वाेच्च अदालतबाट २०७४ मंसिर २२ गते संस्थानको पक्षमा निर्णय भई उक्त जग्गा संस्थान मातहत आएकोले उक्त जग्गामा रहेको घर टहरा संस्थानको पहलमा २०७५ भदौमा  हटाएको तर २०७५मा पुनः सर्वाेच्च अदालतमा पुनरावोलकन लागि मुद्दा दायर भएकोले संस्थानले उपयोग गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ । 

गुठी जग्गाहरुको उपयोग गर्नका लागि स्पष्ट कार्ययोजना सहित संस्थान अगाडि बढ्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ । जग्गाको उपयोगबाट उच्च प्रतिफल प्राप्त गर्न सकिने स्थानहरुको पहिचान गरी सो अनुसार व्यवस्थापन गर्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ । 

अतिक्रमणको लहरो
गुठीको जग्गा विभिन्न ७० जिल्लामा रहेकोमा अधिकांश गुठी जग्गा अतिक्रमणमा परेतापनि अतिक्रमित जग्गाको एकीकृत र अद्यावधिक लगत तयार नगरिएको प्रतिवेदनमा जनाइएको छ । बृहत्तर जनकपुरक्षेत्र विकास परिषद जनकपुरधामबाट प्राप्त विवरण अनुसार राम मन्दिर गुठी, लक्ष्मण मन्दिर गुठी, रत्नसागर गुठी, दशरथ मन्दिर गुठी, हनुमान नगर गुठी लगायतका गुठीहरुको १हजार १८८ कित्ता जग्गा अतिक्रमणमा परेको पाइएको जनाइएको छ । 

दाङको नारायणपुरमा रहेको करिब १५७ रोपनी जग्गा अतिक्रमणमा परेको संस्थानले जनाएको तथा  काठमाडौँ उपत्यकाभित्र पनि जग्गा अतिक्रमण भएको जानकारी प्राप्त भएको जनाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ७, गुह्येश्वरी स्थित गुह्येश्वरी सिन्दुर चन्दन तैनाथी गुठी जग्गा कि.नं. ८४ को ४ रोपनी ९ आना २ पैसा २ दाम जग्गा अतिक्रमण परेको जनाइएको छ ।  उक्त जग्गाको दुवैतर्फ बाटो बनाएको, पूर्वतर्फ अतिक्रमण गरी करिब १५–१६ वटा साना ठूला घर (पक्की समेत) टहरा निर्माण गरेको, पश्चिमतर्फ टोल सुधार भवन र खेलमैदान बनाएको र  संरचना बनेपछि १ रोपनी २ आना जग्गामात्र बाँकी रहेको संस्थानले जनाएको छ । अतिक्रमण हटाउनेसम्बन्धमा २०७४ सालमै गुठी संस्थानले निर्णय गरेको भएपनि अझै हटाउन नसकेको जनाइएको छ । त्यस्तै काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित भण्डारेश्वर गुठीको कि. नं ९ र १०को  क्रमशः ३ रोपनी २ आना ३ दाम र ५ रोपनी ९ आना २ दाम १ पैसा जग्गा अतिक्रमण भएको पाइएको जनाइएको छ ।  यो गुठी जग्गा सन्यासीहरुको समाधीको लागि र पशुपतिमा दैनिक भीमसेनपाती चढाउनका लागि व्यवस्था भएको हो ।  अवलोकन गर्दा जग्गाको बीचबाट स्थानीय वासिन्दाले संस्थानको स्वीकृति बेगर मोटरबाटो खोलेको, विभिन्न व्यक्तिहरुले व्यवसायिक प्रयोजनको लागि टहरा बनाएको र एउटा ग्रिल उद्योग संचालन गरेको पाइएको महालेखाले जनाएको छ ।

संस्थानले अतिक्रमण हटाउन बारम्बार पत्राचार गरेतापनि स्थिति यथावत् रहेको जनाउँदै काठमाडौं महानगरपालिका टेकु स्थित कित्ता नं.४१ को टेकु जगन्नाथ मन्दिरको तैनाथी गुठी जग्गा अतिक्रमणमा परेको पाइएको उल्लेख छ । उक्त मन्दिरसँगै रहेको जग्गामा व्यक्तिले संस्थानको स्वीकृति नलिई पुराना सामग्री संकलन गर्ने स्थानको रुपमा व्यापारिक प्रयोजनार्थ उपयोग गरेको र सोही जग्गामा रहेका मन्दिरका सत्तलहरुमा केही परिवार बसोबास गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

अतः गुठी संस्थानको मुख्य समस्याको रुपमा जग्गा अतिक्रमण रहेको हुँदा त्यसलाई समाधान गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने एवं सम्बन्धित मन्त्रालय र प्रहरी प्रशासनसँगको समन्वयमा अतिक्रमण हटाउनुपर्ने महालेखाले सुझाव दिएको छ । यसैगरी गुठीको जग्गा स्वीकृति नै नगराई विभिन्न निकायले भोगचलन गर्दै आइरहेको, कतिपय जग्गा कीर्ते गरेर व्यक्तिको नाममा पास गराउने काम समेत भएको प्रतिवेदनमा जनाइएको छ । 

महालेखाले गुठी जग्गा उपयोगको स्पष्ट नीति नहुनु,  पुराना लगतहरुको संरक्षणमा पर्याप्त ध्यान नदिनु, जग्गाको एकीकृत लगत तयार नगर्नु, जग्गाको अतिक्रमण तीव्ररुपमा बढ्नु, संस्थानको स्वीकृति बेगर जग्गाको उपयोग गर्नु, सरकारी निकायहरुले समेत जग्गाको मुआब्जा नतिर्नु, राजस्व/देवस्व बक्यौता रकम वर्षेनी बढ्दै जानु आदि गुठी जग्गासँग सम्बन्धित संस्थानका समस्याहरु रहेको जनाइएको छ । ती समश्या समाधानका लागि संस्थानले  व्यवस्थापकीय र संगठनात्मक सुधार गर्नु जरुरी रहेको सुझाव दिइएको छ ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !