site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पोखरालाई केन्द्रमा राखेर फरक राजनीतिक माग !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । पुस मध्यतिर अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आए । नयाँ वर्ष मनाउने भनिए पनि ज्ञानेन्द्रको देश दौडाहाको सुरुवात नै त्यही थियो । त्यसयता ज्ञानेन्द्र लगातार देश दौडाहामा छन् । पोखरामा ज्ञानेन्द्रको पारिवारिक भ्रमण भए पनि केही राजावादी व्यक्ति र संस्थालाई भेटघाट गरेको स्रोतको दाबी छ । ज्ञानेन्द्रको भ्रमणप्रति अहिले राष्ट्रियरुपमा नै चर्चा भएको छ ।

केही समयअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुक्क भएर बस्न सकिने अवस्था नरहेको प्रतिक्रिया दिएका थिए । ज्ञानेन्द्रपछि पोखरामा गत चैत १४ गते राप्रपा संयुक्तले हिन्दु राज्यसहितको राजतन्त्रको बारेमा कार्यक्रम नै गर्‍यो । राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले राजतन्त्रको पक्षमा खुलेरै वकालत गरे । आम मानिसहरुलाई पनि राजतन्त्र र हिन्दु राज्यको पक्षमा लाग्न आग्रह गरे ।

हिन्दु राज्यकै वकालत गरेका कारण पहिलो संविधानसभाको निर्वाचनमा राप्रपा चौंथो ठुलो दल बनेको थियो । त्यसयता राप्रपाको फुट्ने र जुट्ने कार्य चलिरहेको छ । छोटो समयका लागि भए पनि  दुईपटक राजगद्धी सम्हालेका पूर्वराजा ज्ञानेन्द्र फेरि सत्तामा आउन खोजेका हुन सक्ने आकलन गरिएको छ ।  तर, उनी सहभागी कार्यक्रममा देखिएको जनउभारले एक किसिमको उर्जा दिएको  छ । राजतन्त्र र हिन्दु राज्यको नारा लिएर जनतालाई फकाउने र सत्तामा पुग्ने मौकाको पर्खाइमा राप्रपा पनि देखिन्छ ।
हिन्दु राज्यको एजेण्डा ब्यानरमा नराखे पनि देशकै ठुलो जनसंख्या रहेको क्षेत्री समाजका अगुवाहरुले पनि सनातन धर्मका विषयमा भने खुलेरै अभिव्यक्ति दिने गरेका छन् । कार्यक्रममा बोलाईएका पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका नेता भिम रावल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी भने मौसम बाधक बनेका कारण आउन नसकेको जानकारी दिए ।
पोखरामा अहिले क्षेत्री समाजको तेश्रो केन्द्रीय सम्मेलन चलिरहेको छ । दलभन्दा माथि उठेर देशभरका सम्पूर्ण जातजातीलाई एकै ठाउँमा उभ्याउने भनेर अर्थ्याइए पनि यसका अगुवाहरुले शनिबारको उद्‍घाटन कार्यक्रममा सनातन धर्म संरक्षण क्षेत्रीहरुको कर्तव्य भएको भन्न भ्याए । विगतको कुरा गर्ने हो भने क्षेत्री समाज र क्षेत्रीहरुकै संख्या देखेर खोलिएको अखण्ड नेपाल पार्टी अहिले आफैं खण्डखण्ड भइसकेको छ । अखण्ड नेपाल पार्टीलाई भावनात्मक रुपमा त्यतिबेला सहयोग गर्नेहरु भने अहिले पार्टीकरण गरिनु ठिक वा गलत भन्ने विषयमा बहस गरिरहेका छन् ।  र्‍याली सकिएपछि मञ्चासीन सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुले भाषणमा क्षत्री समाजको निम्ति पार्टीभन्दा माथि उठ्नुपर्ने बताए । बहालवाला एकजना सांसदले त फेरि चुनावमा उठ्ने र व्यक्ति हेरेर समाजले सहयोग गर्नुपर्ने भन्नसमेत भ्याए ।
क्षेत्रीका केही अगुवाहरुले त्यसकोविरुद्धमा बोल्दै दलको गोटी नबनाउन आग्रह गरे । समाजको मागलाई लिएर सत्तामा पुर्‍याईएका नेताहरुले सत्तामा पुगेपछि समाजको माग नै बिर्सेको आरोप समेत लगाए ।
आदिवासीमा सूचीकृत गरिनुपर्ने क्षेत्रीहरुको माग छ । क्षेत्री समाजको अबको पाँच वर्ष मुद्दा कार्यान्वयनको वर्ष घोषणा गर्दै अगाडि बढिनुपर्ने समाजका पूर्वाध्यक्ष प्रा. डा. दिलबहादुर क्षेत्रीले बताए । २०६३ को अन्तरिम संविधानमा नै आदिवासीमा सूचीकृत गरिनुपर्ने मागसहित आन्दोलन गरेको क्षेत्रीहरुको माग भने २०७२ को संविधानले पनि पूरा गरेन ।
क्षेत्री नयाँ कार्यसमितिबाट अध्यक्ष बन्ने दाउमा छन् । 
अखण्ड नेपाल पार्टीबाट मन्त्री भएका कुमार खड्का अहिले गण्डकी प्रदेशका बहालवाला सांसद हुन् । उनी पनि समाजको अध्यक्षमा दाबेदारी गर्दै आएका छन् । यी दुई दाबेदारमध्ये प्रा डा क्षेत्रीले सनातनी धर्मको पक्षमा क्षेत्री समाज लाग्नुपर्ने बताए । कुमार खड्का अखण्ड नेपाल पार्टीबाट समानुपातिक सांसद बनी मन्त्री समेत भइसकेका व्यक्ति हुन् । कांग्रेस प्रवेश गरि गतसालको प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनबाट उनी समानुपातिक तर्फबाट प्रदेश सांसद भएका छन् ।
अखण्ड नेपालको नारा बोकेको समाजलाई अहिले धार्मिक मुद्दालाई केन्द्रित गरेको भने प्रष्ट देखिएको छ । खसआर्य नभई खसक्षेत्री भनिनु पर्ने मागलाई हिन्दुराज्यको अघोषित एजेण्डामा मिसाउन खोजिएको समाजकै अगुवाहरुको सार्वजनिक अभिव्यक्तिले प्रष्ट संकेत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement