site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर ! हाम्रो विद्यालय कहिले बन्छ ?
Sarbottam CementSarbottam Cement

बारा । “सर ! हाम्रो विद्यालय कहिले बन्छ ?,” बारा, कलैया उपमहानगरपालिका–१८, लिटल एन्जेल स्कुलका शिक्षक महेन्द्र दासले दिनहुँ सामना गर्ने प्रश्न हो यो । गत आइतबारको आँधीले कक्षा ३ सम्म पढाइ हुने निजी विद्यालय लथालिङ्ग बनाइदिएपछि विद्यार्थी खुला आकाशमुनि पढ्न विवश छन् ।

“गत हप्ताबाट शुरू भएको परीक्षा अन्त्यतिर उन्मुख छ, नत्र विद्यालय बन्द गर्थ्याैं । कोही विद्यार्थी विद्यालय आउन मान्दैनन् । आँधीको ट्रमा हटेकै छैन । आँधीले विद्यालय पो भत्कायो, हामीले विद्यार्थीको भविष्य अलपत्र पार्नु भएन नि !” शिक्षक महेन्द्र दास हारमान्नु हुँदै सुनाउँछन् ।

कलैया उपमहनागरभित्रकै पक्की स्कुलहरूलाई भूमरीले खासै क्षति पुर्‍याएको छैन । आँधीले वार्षिक परीक्षा पनि बिथोलेन । तर, कलैया उपमहानरपालिकाभित्रकै मनगढवाको लिटल एन्जल स्कुल तुफानले तहसनहस बनाइदिँदा विद्यार्थीहरू स्कुल आउनै डराउन थालेका छन् । आइहाले पनि मन लगाएर जाँच दिँदैनन् । कतिले खाली कापी बुझाउने शिक्षक दास भन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“कति आकशतिर हेर्दै टोहलाउँछन् । सानो हावा चल्नेबित्तिकै तर्सन थाल्छन,” अनुभव सुनाउँदै शिक्षक दास भन्छन् । “परीक्षा चलेकाले जसोतसो आउँछन् । खुला आकाशमुनि बसेर कसरी लेख–पढ गर्नू, हुरीले फेरि उडाउने हो कि भनेर सोधिरहन्छन्,” विद्यार्थीहरूको दुखेसो उद्धृत गर्दै महेन्द्र दास सुनाउँछन् ।

\"\"

Global Ime bank

“विद्यालयका ३ जना बालबालिका आँधीको भूमरीमा परेर गम्भीर घाइते छन्, ज्यानै लाने प्रकृतिको आँधीको सामना गरेकाले होला, अरू विद्यार्थीको दिमागबाट पनि त्रास हट्न मानेको छैन,” विद्यालयका सञ्चालक राजु यादव भन्छन् ।

निजी भएकाले कसैले हेरेनन्

कलैया उपमहानगर क्षेत्रभित्र अन्य निजी विद्यालय पनि छन् । पक्की भएकाले आँधीले असर पुर्‍याउन सकेन । तर, चित्रा, बाँसले बारबेर गरेर संरचना तयार पारेकाले लिटल एन्जेल स्कुल आँधीको चपेटामा पर्‍यो ।

विद्यालयको छानामात्रै होइन, बेञ्च नै हुरीले उडाएर अलप बनाइदिएको छ । सात सेट डेस्क, बेञ्च भूमरीले कहाँ पुर्‍यायो अहिलेसम्म पत्ता लाग्न नसकेको दास सुनाउँछन् । आवास गुमाएर खुला आकाशको बास भएकालाई राहत उपलब्ध गराउने संघ–संस्थाको लर्को लाग्दा आफूहरूले आश्वासन पनि पाउन नसकेको गुनासो, सञ्चालक यादवको छ ।

\"\"

“सबैजना आउनुहुन्छ । ए ! स्कुल हुरीले बिजोग बनाएछ हगी भन्दै प्रश्न गर्नुहुन्छ । तर, कतैबाट सहयोग पाएका छैनौँ,” उनले भने । यहाँसम्म कि, त्रिपालसमेत नपाउँदा प्रचण्ड धूपमा पनि विद्यार्थीलाई खुला आकाशमा पढाउन वाध्य भएको उनको गुनासो थियो ।

“हामी पनि यही देशका नागरिक हौँ । पीडित हौँ । कमाए, नकमाए पनि सरकारलाई समयमै कर तिरेका छौँ । राहत–सहायताको आवश्यकता पर्दा किन हामीलाई हेँला गरिन्छ ? हामीले केही बुझ्न सकेका छैनौँ,” सञ्चालक राजु यादवको प्रश्न छ ।

न्यून शुल्कमा सेवा दिइरहेको दाबी गर्ने विद्यालयको चार लाखको क्षति भएको टिपोट सुरक्षाकर्मीले गरेका छन् । तिनै सुरक्षाकर्मीले मंगलबार बस्तीमा त्रिपाल वितरण गरे पनि विद्यालयका लागि नछुट्याएको यादवले दुःखेसो पोखे । “राहत वितरण गर्न आउनेले पनि निजी विद्यालयलाई राहत दिन मिल्दैन भन्नुहुन्छ, निजी घरले राहत पाउने, निजी विद्यालयलेचाहिँ किन नपाउने, हामी अन्यौलमा पर्‍यौं,” शिक्षक दास थप्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !