site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
घरेलु मैदानमा च्याम्पियन बन्‍ने नेपाली चेलीको लक्ष्य
SkywellSkywell

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले घरेलु मैदानमा साफ च्याम्पीयन बन्ने बताएका छन् । आज भएको प्रि–म्याच कन्फेरेन्समा प्रशिक्षक खड्काले तयारी राम्रो भएको र टिम शारीरिक तथा मानसिक रुपमा तयार रहेकाले च्याम्पीयनको हकदार रहेको बताए । 

“च्याम्पीयन बन्ने रणनीति छ । तर पहिलो लक्ष्य समूह विजेता बन्दै सेमिफाइनल पुग्ने हो । खेलाडी मानसिक र शारीरिक दुवै रुपमा तयार छन् । हामी उत्कृष्ट खेल प्रदर्शन गर्नेछौं । सबै टोलीप्रति सम्मान छ । सबैको सम्मान गर्दै खेल प्रदर्शन गर्नेछौं,’‘ प्रशिक्षक खड्काले भने, “चीनसँगको मैत्रीपूर्ण खेल त्यसपछि ओलम्पिक छनोट र भारतमा सम्पन्न हिरो वुमेन्स गोल्डकप लगायतका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी उच्च मनोबलमा छन् ।”

प्रशिक्षक खड्काले टोली मिलेको र खेलाडीहरु जितको भोकमा रहेको बताए । “हामीसँग मुख्य खेलाडीका रुपमा सावित्रा भण्डारी छन् । उनीसँगै अन्य खेलाडीको प्रदर्शन पनि राम्रो छ । खेलाडीहरु जितको भोकमा छन् । त्यो अनुसार मेहनत पनि गरेका छन् । परिणाम राम्रो आउनेछ ।’’

Dabur Nepal
NIC Asia

टोलीकी कप्तान निरु थापाले तयारी राम्रो भएकाले च्याम्पीयन बन्ने बताइन् । खेलाडीहरु प्रतियोगिताका लागि मानसिक र शारीरिक रुपमा बलियो रहेको उनको भनाइ छ । “पछिल्लो समय भारतलाई हराएका छौं । राम्रो गर्नेछौं, टोली राम्रो बनेको छ । आक्रामक खेल खेल्नेछौं,” कप्तान निरुले भनिन्.।

सहभागि अन्य राष्ट्रले च्याम्पीयनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । आयोजक नेपालका प्रशिक्षक हरि खड्काले च्याम्पीयन बन्ने दाबी गर्दा भारतले पाँचौं उपाधि जित्ने बताएको छ । साफमा सफल राष्ट्र मानिएको भारतकी प्रशिक्षकले भनिन्, “चौथो संस्करणसम्म च्याम्पीयन बनेका छौं । यसपटक पनि उपाधि लग्नेछौं । समूहका  बाँकी टोली पनि राम्रा छन् । हामी जित्न आएका हौं । दबाबमा नभई राम्रो खेल प्रदर्शन गर्नेछौं ।” 

पछिल्लो समय फुटबलमा फड्को मारेको बंगलादेशले पनि उपाधि लक्ष्य राखेको छ । प्रि–म्याच कन्फेरेन्समा बंगलादेशका प्रशिक्षकले भने, “भारत साफमा बलिलो टोली हो । नेपाल पनि बलियो छ । त्यसैमा घरेलु मैदानको फाइदा छ नेपाललाई । हामी एउटै समूहमा छौं तर सचेत भएर खेल्नेछौं । बाँकी देशपनि बलिया छन् । तर हामी राम्रो प्रदर्शन गर्नेछौं  । पहिलो लक्ष्य सेमिफाइनल र त्यसपछि उपाधि हो ।”  

भुटानका प्रशिक्षकले उमेर समूहका खेलाडी टोलीमा समावेश गरेको र उत्कृष्ट खेल प्रदर्शनका लागि आएको बताए । उनले भने, “हामीसँग समूहका खेलाडी धेरै छन् । समूह चरणमा साफका अन्य टोलीसँग खेलेका छन् । राम्रो खेल प्रदर्शन गर्नेछौं । पहिलो खेल नेपालसँगै छ । नेपाल बलियो राष्ट्र हो । हामी जित्ने कोसीसमा हुनेछौं ।” 

माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकले सेमिफाइनल पुग्ने लक्ष्य राखेको बताएका छन् । बलियो राष्ट्र भारत रहेको दुबै टोली समूहमा शानदार सुरुआत गर्ने लक्ष्यमा छन् ।

पत्रकार सम्मेलनअघि ६ राष्ट्रका कप्तानले ट्रफी सार्वजनिक गरेका थिए । पाँचौं महिला साफ च्याम्पीनयसिप मंगलबारदेखि विराटनगरमा सुरु हुँदैछ । ६ राष्ट्र सहभागि च्याम्पीयनसिपको उद्घाटन खेलमा आयोजक नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । आयोजक नेपाल रहेको समूह ए मा बंगलादेश र भुटान छन् । समूह बि मा साबिक विजेता भारत, श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । 

नेपाली टोली 

गोलकिपरः एन्जिला तुम्बापो, अन्जना राना मगर, उषा नाथ
डिफेन्डरः मनमाया लिम्बु, हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जोसी, कविता धिमाल, पूजा राना 
मिडफिल्डरः रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बु 
फर्वाड ः सावित्रा भण्डारी, निरु थापा, रेखा पौडेल, अनिता केसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro