site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनसेना तालिम गराउँदै विप्लव ! \'निर्मम\' बन्न सुरक्षा निकायलाई सरकारको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मुलुकका केही गोप्य स्थानमा आधारभूत सैन्य तालिम गरिरहेको खुलासा भएको छ । पूर्व माओवादी लडाकु र केही नयाँ युवासमेत मिलाएर सैन्य तालिम भइरहेको खुलासा भएको हो । यसका लागि प्रदेश नम्बर एक र प्रदेश नम्बर पाँचका केही गोप्य स्थान छानिएको सुरक्षा स्रोतले बतायो ।

बिहीबार (आज)मात्रै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’को गाउँमै नेकपाका कार्यकर्ताको घरबाट ठूलो परिमाणमा हतियार बरामद गरेको छ । हतियार बरामद गर्ने क्रममा प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका–९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई पक्राउ गरेको छ । हतियारसहित फेला परेका रोक्कालाई नियन्त्रणमा लिने क्रममा भागेपछि फायर गर्दा बायाँ खुट्टामा गोली लागेर घाइते भएका छन् । उनको बुटवलमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी अच्युत पुडासैनीले बताए । शिवराज नगरपालिका विप्लवकै गाउँ हो ।

हातहतियार सहित मानिसहरु लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनको घरमा ठूलो मात्रामा अत्याधुनिक हतियार फेला परेको हो । प्रहरीले रोक्काको घरबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र  विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

घटनास्थलबाट ‘जनमुक्ति सेना नेपाल आधारभूत सैन्य तालिम शिविर २ नम्बर कम्पनी’ लेखेको ब्यानर पनि बरामद भएको छ । एक सुरक्षा अधिकारीले भने, ‘‘यो उनीहरुले तालिम गराइरहेको अवस्थामा फेला परेको हो । तालिमकै लागि ब्यानर बनेको हो । यो राज्यका लागि निकै गम्भीर चुनौती हुनसक्छ ।’’

बुधबारमात्रै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विप्लवको नेकपालाई गम्भीर रुपमा लिनुपर्ने बताएका थिए । यस्तै संखुवासभामा पनि हतियारसहित विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी नगरपालिका–५ ढाडेगाउँ बस्ने २३ वर्षीय बुद्धिमान तामाङ समेत २ जना रहेका छन् । अर्का एकजनाको नाम प्रहरीले गोप्य राखेको छ ।

Global Ime bank

नीहरुको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, म्यागजिन १ थान र गोली १ थान  बरामद भएको छ । यसअघि गत बुधबार सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकै एकजना नेता नेपाली सेनाले प्रयोग गर्दै आएको अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका ४२ वर्षीय संगीत भनिने देवकुमार लिम्बू थिए । लिम्बूको साथबाट प्रहरीले  एलएमजी र एम–१६ हतियार बरामद गरेको हो । एलएमजी हतियार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष कार्यदलले प्रयोग गर्दै आएको छ भने एम–१६ नेपाली सेनाले मात्रै प्रयोग गर्ने गरेको छ । 

पछिल्लो समय चन्दा आतंक, अपरहण, विष्फोट लगायतका घटनामा विप्लवकै नेता–कार्यकर्ताको संलग्नता देखिएको सुरक्षा अधिकारी बताउँछन् । विप्लवका नेता–कार्यकर्ता हतियारसहित पक्राउ पर्न थालेपछि सरकारले सुरक्षा निकायलाई विप्लवविरुद्ध ‘निर्मम’ बन्न निर्देशन दिएको छ । विप्लवका गैरकानुनी गतिविधिलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सुरक्षा निकायले संयुक्त सुरक्षा रणनीति समेत बनाइरहेको बताइएको छ ।

ललितपुरको नख्खुमा एनसेल कार्यालयको गेटमा बम विष्फोटपछि धमाधम विप्लवका कार्यकर्ता हतियारसहित समातिन थालेका छन् । प्रहरीले पछिल्लो दुई सातायता विप्लव नेकपाका गोप्य बैठकमा समेत धरपकड गर्न थालेको छ ।

कपिलवस्तुमा विप्लवका कार्यकर्तामाथि गोली प्रहार, दुई एसएमजी र चाइनिज पेस्तोल बरामद


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !