site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
अष्ट्रेलियामा बिचल्ली परेका विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्ययनका लागि अष्ट्रेलिया पुगेर बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेसले बुधबार विज्ञप्ती जारी गरेर सरकारसँग अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न आग्रह गरेको हो ।  
कांग्रेसले बिचल्लीमा परेका नेपाली विद्यार्थीहरुको उद्धारसँगै उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न र पीडित विद्यार्थी तथा अभिभावकको भावना अनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता निभाउन पनि माग गरेको छ ।
कांग्रेसले अष्ट्रेलियास्थित पार्टी निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना संकलन गरेर आवश्यक समवन्य गर्न निर्देशन दिइएको पनि जनाएको छ । कांग्रेसले दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
‘‘हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौं,’’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौंको भविष्य अन्योलमा पुर्याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ ।’’ 
     
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC