site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुन तस्करी र सनम हत्याकाण्ड : सर्वोच्चमा पुग्यो मुद्दा
Sarbottam CementSarbottam Cement

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । 

यो प्रकरणमा मुछिएका उच्च पदस्थ प्रहरी र उच्च अदालतको आदेशमा छुटेका १२ जनाविरुद्ध सर्वाेच्च अदालतमा १७ नम्बर निवेदन दर्ता गरिएको छ । बाँकी सात जनाविरुद्ध पनि मुद्दा लैजाने उच्च अदालत सरकारी वकिल कार्यालय विराटनगरको तयारी छ ।

उच्च अदालत विराटनगरको आदेशपछि छुटेकाहरुविरुद्ध ‘बेरितको आदेश बदर गरी प्रतिवादीलाई थुनामा राखी मुद्दा पुर्पक्षको लागि कारवाही गरी पाउँ’ भनि निवेदन दिइएको उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंमा महान्यायाधिवक्ताको कार्यालयमा उच्च अदालतको आदेश, सम्बन्धित मिसिल कागजात र निवेदन पत्रको मस्यौदा प्रस्ताव पठाइएको उनले बताए । 

पराजुलीले भने,‘‘उच्च अदालतको आदेश त्रुटिपूर्ण भएकोले प्रतिवादीलाई थुनामै राखेर पुर्पक्ष गरी पाउँ भनि सरकारको तर्फबाट निवेदन दिएका हौं । जिल्ला अदालत मोरङको आदेश उल्ट्याएर साधारण तारेख र धरौटीमा छुटेकाहरुलाई थुनामै राख्नुपर्ने सरकारी पक्षको माग राखी सर्वोच्चमा मुद्दा लगिएको हो ।’’ 

Global Ime bank

उनले उच्च अदालतको आदेशमा छुटेका उच्च पदस्थ प्रहरी कर्मचारीसहित अन्य सबैविरुद्ध सर्वाेच्चमा निवेदन दिइएको जानकारी दिएका छन् । 

प्रहरीद्वारा अदालतमा पेस गरिएका अभियुक्तमध्ये उच्च अदालत विराटनगरको आदेशमा साधारण तारेखमा छुटेका बहालवाला एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, बालकृष्ण सञ्जेल, विमल पोद्धार, आरके भनिने राजेन्द्र कुमार, धावन भनिने मदनप्रसाद घिमिरे र राजकुमार दारुकाविरुद्ध गत माघ १० गते सर्वोच्चमा निवेदन दिइएको हो । 

यसैगरी गत मंसिर ३ गते पूर्वडीआइजी गोविन्द प्रसाद निरौला, एसपी विकासराज खनाल र रामकुमार अग्रवाल, गत मंसिर ११ गते मदन सिलवाल र सञ्जय खेतान भनिने प्रभात अग्रवालविरुद्ध मुद्दा लगिएको सहन्यायाधिवक्ता पराजुलीले जानकारी दिए । 

उनले भने, ‘‘यो मुद्दा सर्वोच्चमा दर्ता भई विचाराधीन अवस्थामा छ । अब सुनुवाइमा जानेछ ।’’

पुरक अभियोग लगाइएका तर अदालतको आदेशबाट धरौटीमा छुटेका देवन्त भनिने रेवत कुमार आचार्य, विनोद अधिकारी र मोतिराम श्रेष्ठ, गत विहीबार उच्च अदालतको आदेशपछि जनही १० लाख धरौटीमा छुटेका अबु आलम भनिने शैयद अकबर र डब्बु भनिने इस्तियादविरुद्ध पनि निवेदन गर्ने तयारी गरेको छ ।

उच्च अदालतमा सुनुवाई भएका ४३ निवेदन उपर ३१ वटा आदेश भएका हो । आदेश भई १३ रिहा भएका छन् । साधारण तारेखमा चार उच्च प्रहरी अधिकृत र नौ जना धरौटीमा रिहा भएको अदालतले जनाएको छ । 

सुन तस्करी र सनम शाक्य हत्या घटनामा ७५ जनाविरुद्ध मुद्दा चलाइएकोमा प्रहरीले जिल्ला अदातल मोरङ समक्ष ४५ जनालाई पेश गरेको थियो । उनीहरुमध्ये ४३ जनाले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा साधारण तारेखमा छाड्न माग गर्दै अदालती बन्दोवस्तीको १७ नम्बर पुनरावेदन गरेका थिए ।

घटनामा संलग्न भएको अभियोग लगाउँदै जिल्ला प्रहरी कार्यालय मोरङले २०७४ बैसाख १९ गते अपराधिक समूह स्थापना गरी १७ अर्ब १ करोड ८० लाख मूल्य बराबरको करिब ३८ क्विन्टल सुन तस्करी गरेको आरोपमा चूडामणि उप्रेती (गोरे), प्रहरीका बलावाला र पूर्वउच्च अधिकृतविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । पुरक अभियोग लगाइएका समेत प्रहरीले विभिन्न समयमा ४५ जना अभियुक्तलाई अदालतमा पेश गरेको थियो । 

गत २०७४ मंसिरमा थाई एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिएको साढे ३३ केजी सुन गायब भएको थियो । २०७४ फागुन १८ गते यसका नाइके चूडामणि उप्रेती (गोरे) का सहयोगी मोरङ उर्लाबारीका युवा सनम शाक्य हत्या भएपछि घटना बाहिर आएको थियो । सुन पठाउने क्रममा माघ ९ गते बाटोबाटै गायब भएको थियो । गोरेले आफ्ना लेखापाल सनम शाक्यलाई करेन्ट लगाएको भिडियो पनि सार्वजनिक भएको थियो । 

घटनापछि प्रहरीले गरेको अनुसन्धानको क्रममा संगठित रुपमा विभिन्न समयमा करिब साढे ३८ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

सरकारले यो घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । सुन तस्करी मुद्दा हेरिरहरेका उच्च अदालत विराटनगरका न्यायाधीशलाई सर्वोच्चले काजमा तानेको छ । 
काजमा गएका न्यायाधीशले जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका सुन तस्करी र सनम शाक्य हत्या अरोपका अभियुक्तहरुमध्ये कतिपयलाई सादा र केहीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC