छुरा प्रहार गरी महिलाको हत्या

छुरा प्रहार गरी महिलाको हत्या

इनरुवा (रासस) । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । । हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
राई विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाइले बताए ।
 


प्रतिकृया दिनुहोस

संबन्धित समाचार

मार्क्सलाई चिहानमा पनि आक्रमण ! घृणाको सिद्धान्त प्रतिपादक भन्दै शालिकमा ह्याम्मर प्रहार

लण्डन । दुई साताको बीचमा उत्तरी लण्डनमा रहेको कार्ल मार्क्सको शालिकमा दोस्रो पटक क्षति गराइएको छ । ह्याम्मर प्रयोग गरेर

छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी । सुनसरीमा छुरा प्रहार गरि हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–४ माङहिङ टोल

विवाहमा दावामाथि खुकुरी प्रहार गर्ने ७ जना पक्राउ

दोलखा । दोलखाको बिगु गाउँपालिका–७ बस्ने २१ वर्षीय दावा शेर्पामाथि खुकुरी प्रहार गर्ने ७ जना पक्राउ परेका छन् । मंगलबार

डीपीएलमा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्नेलाई १० हजार 

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) मा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्ने दर्शकले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने