खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा सम्मानित भएका छन् । युनाइटेड अरब इमिरेट्सविरुद्धका दुई महत्वपूर्ण सिरिज जितेर फर्किएपछि गृहनगर कैलालीको टीकापुर पुगेका टमाटालाई टीकापुर नगरपालिकाले सम्मान गरेको हो । नगरपालिकामा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख तपेन्द्र बहादुर रावलले ५१ हजार रुपैयाँसहित प्रशिक्षक टमाटालाई सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सदस्य रण बहादुर रावल पनि सहभागि थिए । पुबुदु दासानायकेपछि टमाटाले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । उनकै प्रशिक्षणमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५ १६:०५
प्रतिक्रिया दिनुहोस्