अर्थ व्यवसाय
काठमाडौं । जगदम्बा सिमेन्टले ‘आऔं सबै मिलि देश बनाऔ’ भन्ने अभियान सार्वजनिक गरेको छ । नेपालको समग्र विकास स्वयम् नेपालीहरूकै प्रयासबाट मात्र सम्भव छ’ भन्ने सन्देशका साथ आम नेपालीलाई एकजुट भई मजबूत तथा दिगो निर्माणमा लाग्न आग्रह गर्दै यो अभियान थालेको कम्पनीले जनाएको छ ।
समृद्ध राष्ट्र निर्माणको परिकल्पना बोकेको जगदम्बा सिमेन्टले विगत ५ वर्षदेखि मेरो देश मेरो जगदम्बा सिमेन्ट भन्दै सारा नेपालीलाई एकताको शुत्रमा बाँध्दै आएको छ । यसैको विस्तार स्वरुप कम्पनीले यो अभियान सार्वजनिक गरेको हो ।
१५ वर्ष भन्दा लामो इतिहास बोकेको यस जगदम्बा सिमेन्टले भैरहवा तथा वीरगञ्जमा अवस्थित आफ्ना दुई उद्योगबाट नियमित ५२ हजार बोरा सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३ १४:५१
प्रतिक्रिया दिनुहोस्