site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गिरिजाप्रसाद र सुशील कोइरालाको नामका अस्पताल केन्द्र सरकारकै मातहतमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरुलाई संघीय सरकार मातहतमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइरालाका नाममा रहेको बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकार मातहतमा राख्ने निर्णय गरेको हो । 

मन्त्रीपरिषद् बैठकले कांग्रेसले अघि सारेको मागअनुसार नै दुवै अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको पुष्टि गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद्को आगामी बैठकमा यसका बारेमा संसद्लाई जानकारी दिने बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि स्वास्थ्य मन्त्रालयले संघीय सरकार मातहतमा रहने गरी गठनादेशको निर्णयका लागि मन्त्रीपरिषद्मा पठाएका विभिन्न ११ अस्पतालमध्ये यी दुई अस्पताललाई सरकारले प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो । 

उक्त निर्णयपछि प्रतिपक्षी कांग्रेसले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद र सुशील कोइरालाले देशका लागि पुर्याएको योगदानको सरकारले अवमूल्यन गरेको भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । 

Global Ime bank

 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०७५  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement