site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएईविरुद्ध नेपालको शानदार जित, रोहितकुमार र सोमपालको कीर्तिमान 

काठमाडौं । कीर्तिमानी रोहितकुमार पौडेलको अर्धशक तथा सोमपाल कामीको ५ विकेटप्रेरित नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४५ रनको विजय हासिल गरेको छ । 

सबैभन्दा सानो उमेरमा एकदिवसीय अर्धशतक पूरा गर्ने खेलाडी बनेका रोहितकुमारले ५५ रन बनाएका थिए । उनले अरिफ शेखसँग छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेपछि दुबईस्थित आइसीसी एकेडेमी ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले २ सय ४२ रन बनाएको थियो । सोमपालले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिएपछि घरेलु यूएईले १९.३ ओभरमा ९७ रन जोड्दा सबै विकेट गुमायो । 

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल र विनोद भन्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ लम्किएको थियो । ज्ञोन्द्र मल्ल ४४ रन बनाएर आउट भएपछि नेपालको इनिङ पूनः धर्मरायो । १९औं ओभरको तेस्रो बलमा ज्ञानेन्द्र आउट हुँदा नेपाल ७०–२ को अवस्थामा थियो । त्यसपछि थप ४३ रन जोड्नेक्रममा नेपालले तीन विकेट गुमायो । पारस २१, दीपेन्द्रसिंह ऐरी १०, पवन सर्राफ ८ रन बनाएर पवेलियन फर्किए । त्यसअघि ओपनर विनोद २१ रन बनाएर आउट भएका थिए । 

Dabur Nepal

तर रोहितकुमार पौडेल र आरिफ शेखले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेपछि नेपाल २ सय रनको योगफल कटाउन सफल भएको थियो । रोहितकुमारले ५५ रन बनाउँदा आरिफले २९ रन बनाए । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका रोहितकुमारको यो पहिलो अर्धशतक हो । एकदिवसीय अन्तर्राष्ट्रियमा सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाएका रोहितकुमारले सचिन तेन्डुलकर र सहिद अफ्रिदीलाई पछि पारेका छन् । 

करण केसीले १८ रन बनाउँदा  सोमपाल कामीले २ रन बनाए । शुक्रबार सोमपाल ‘टु डाउन’ मा ब्याटिङका लागि गए पनि आज उनलाई तल्लोक्रममा ब्याटिङ गराइएको हो । सन्दीप लामिछाने १४ र ललितनारायण राजवंशी ३ रनमा अविजित रहे । नेपालका ज्ञानेन्द्र र पारसले एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय रन पूरा गरेका छन् ।

यूएईका अमिर हायत र इमरान हैदरले समान ३ विकेट लिँदा कप्तान मोहम्मद नाभीद, जहूर खान, र अशफाक अहमदको नाममा १–१ विकेट रह्यो । 

६.१ ओभरमै सोमपालले यूएईको अग्रपंक्तिका ब्याट्सम्यानलाई पवेलियन बाटो देखाएपछि घरेलु टोलीका ब्याट्सम्यान दबाबमा परेका थिए । पहिलो ओभरमै चिराग सुरी(०)लाई बोल्ड गरेका सोमपालले तेस्रो ओभरमा गुलाम सब्बर(२)लाई अरिफ शेखकाे क्याच मार्फत अाउट गराएका थिए । पाँचौं ओभरमा शाईमन अनवार(०)लाई एलबिडब्लू आउट गरेका सोमपालमा सातौं ओभरमा अशफाक अहमद(२०)लाई ‘कट एन्ड बोल्ड’ गरेका थिए ।  

त्यसपछि युवा लेग स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिएपछि यूएईको इनिङ धरापमा परेको हो । सन्दीपले सीपी रिजवान(१६) र फहाद नवाज(०)लाई एलबिडब्लू आउट गरे । अमिर हायत(०) लाई रोहितकुमारमार्फत क्याच गरेका सन्दीपले मुहम्मद उस्मान(२६)लाई अरिफ मार्फत क्याच गराए । १९.३ ओभरमा सोमपालले जहूर खानलाई सन्दीपमार्फत क्याच गराउँदै नेपाललाई सहज विजय दिलाए । यससँगै सोमपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बन्न पुगेका छन् । 

पाँच विकेट लिनेक्रममा सोमपालले ६.३ ओभर बलिङ गर्दै १ मेडनसहित ३३ रन दिए भने सन्दीपले ४ ओभरमा १ मेडन राख्दै २४ रन दिएर ४ विकेट लिए ।

शुक्रबार कमजोर ब्याटिङ प्रदर्शनका कारण पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले युएईलाई तीन विकेटको नतिजा सुम्पिएको थियो । यो जितसँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृखलामा १–१ को बराबरी गरेको छ । 

शुक्रबार कमजोर ब्याटिङका कारण ३ विकेटको पराजय भोगेको नेपालले शनिबार स्पिनर बसन्त रेग्मीको स्थानमा रोहितकुमार पौडेलाई टोलीमा समावेश गरेको थियो ।  नेपालले युएई भ्रमणमा ३ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro