site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईपीएलको फाइनलमा पुग्न मुम्बई र पन्जाब भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को फाइनलमा स्थान बनाउन आज आइतबार दोस्रो क्वालिफायरमा पन्जाब किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताको लिग चरणबाट शीर्ष स्थानमा रहँदै प्लेअफ आए पनि पन्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुविरुद्ध आठ विकेटले पराजित भएको थियो । यता, मुम्बईले भने इलिमेटरमा गुजरातविरुद्ध २० रनको जित निकालेको थियो ।

Argakhachi Cement Island Ad

भारतको अहमदाबादमा हुने यो खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति बेंगलुरुविरुद्ध खेल्नेछ । प्रतियोगिताको फाइनल खेल जुन ३ मा हुने तालिका छ ।

आईपीएलको इतिहासमा मुम्बईले पाँचपटक उपाधि जित्दा पन्जाबले भने हालसम्म उपाधि जित्न सकेको छैन ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्