site stats
बाह्रखरी :: Baahrakhari
देश
साढे दुई अर्ब हिनामिनाको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । कर्णाली डेभलेपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् । सल्यान घर भइ बाँके बस्दै आएका ६५ वर्षका राजेन्द्रवीर रायलाई शनिबार रुपन्देहीको बेलहिया नाका क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी पटक–पटक बैंकको अध्यक्ष पदमा रहेर सोही बैंकमा संलकन भएको बचतकर्ताहरुको २५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेको आरोप छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।

उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्