site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
गोंगबुमा सिलिन्डर पड्किँदा एकजनाको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट– बेलकोटका काजी तामाङ रहेका छन् । आज बिहान ग्यास सिलिन्डर पड्किँदा ५ जना घाइेते भएका थिए । 
घाइेतमध्ये तामाङको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंका डिीएसपी होमिन्द्र बोगटीका अनुसार घाइते भएका राजु बिसी, कैलाश श्रेष्ठ, रेशम तामाङ र अनिल पोखरेलको अवस्था पनि चिन्ताजनक रहेको छ । 

मृतक र घाइते सबै श्याम ढुङगानाले सञ्चालन गरेको पिस ग्लास हाउसमा कार्यरत मजदुर हुन् ।  घाइतेमध्ये ३ जनाको ग्रान्डी अस्पताल र एकजनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको डीएसपी बोगटीले बताए । विष्फोट कसरी भयो भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ । 

तस्बिर गुगलबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro