site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्ड : आमा रगत दिन तयार हुँदा बुवा भएनन्, मास डीएनए आह्वान गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारपछि हत्या भएको साढे ५ महिना बितिसक्दा पनि निर्मला पन्तका हत्याराको पहिचान हुन सकेको छैन । अनुसन्धान थप पेचिलो बन्दै गएको छ । 

पर्याप्त प्रमाणको आधारमा अनुसन्धान जटिल बन्दै गएको प्रहरी अधिकारी बताउँछन् । तर यति लामो समयसम्म पनि हत्यारातर्फ सोझिने बाटो प्रहरीले किन फेला पार्न सकेन ? अब निर्मला हत्याकाण्डको अनुसन्धानको विधि के हुनसक्ला त ? प्रहरीले विभिन्न समयमा पक्राउ गरेकाहरुको डीएनए म्याच नगरेपछि उनीहरु छुटिसकेका छन् । छोरीका हत्यारा सार्वजनिक गर्न माग राख्दै निर्मलाका बाबु यज्ञराज पन्त, उनका दुवै श्रीमती (दुर्गा र लक्ष्मी) पनि २५ कात्तिकदेखि नियमित आन्दोलनमै छन् । उनीहरु जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअघि टेन्टमा धर्नामा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय आन्दोलन र प्रदर्शन भने मत्थर छ । गत साउन १० गते साथीको घरमा गएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । निर्मलाको शरीरबाट चिकित्सकहरुले ‘भेजिनल स्वाब’ संकलन गरेका थिए । यसअघि निर्मलाका आफन्तले नै निर्मलाको डीएनए र आमाबावुको डीएनए परीक्षण गर्नुपर्ने बताउँदै आएका थिए । उनीहरुले निर्मलाको डीएनएसँग आमाबावुको रगत म्याच गर्नुपर्ने माग राख्दै आएका थिए ।

दुई साताअघि स्थानीयले कञ्चनपुरमै आईजीपी सर्वेन्द्र खनालसँग निर्मलाको स्वाबमै शंका भएकाले आमा–बाबुको रगतको नमुना लिएर म्याच गर्नुपर्ने माग राखेका थिए । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने, ‘‘आन्दोलनरत संघर्ष समितिबाटै त्यस्तो माग आएपछि हामीले निवेदन दिनुस्, हामी नमुना संकलन गरेर प्रहरी प्रयोगशाला र नाष्टमा पठाउँछौं भनेका थियौं । आमा रगत दिन तयार भइन् तर बुवा आएनन् । पति यज्ञराजले रगत नदिएपछि म पनि दिन्न भन्दै दुर्गादेवीले दिनुभएन ।’’ यज्ञराजले अधिकारकर्मीसँग छलफल गरेर मात्रै रगत दिने–नदिने बताएको प्रहरीले जनाएको छ । 

Global Ime bank

यज्ञराजले बाह्रखरीसँग भने, ‘‘प्रहरीले हालसम्म डीएनए परीक्षण गरेका व्यक्तिहरुको विवरण मलाई उपलब्ध गराउनुपर्यो । त्यसपछि मेरो रगत लिनका लागि प्रहरीले पत्र पठाउनुपर्यो । त्यो अवस्थामा म रगत दिन तयार छु । नत्र दिन्न ।’’

मास डीएनए आह्वान गरिने
कञ्चनपुर प्रहरीका एसपी कडायतका अनुसार बलात्कारपछि हत्याको घटनामा डीएनए परीक्षण गरिएको यो पहिलो घटना हो । यसअघि सन्तान र आमाबुवाको प्रमाणिकरणका लागि डीएनए परीक्षण गरिएको भएपनि बलात्कारको मुद्दामा भने यो पहिलो घटना हो । निर्मला हत्याकाण्डमा हालसम्म २० जनाभन्दा बढीको डीएनए परीक्षण भइसकेको छ । तर कसैको डीएनए म्याच भएको छैन ।

विज्ञहरुले भने स्वतन्त्र समूह गठन गरेर डीएनएको समग्र प्रक्रियाकै अध्ययन गर्नुपर्ने तर्क गर्दैै आएका छन् । हालसम्म प्रहरीले आशंका लागेकाहरुको मात्रै डीएनए परीक्षण गरेको हो । कञ्चनपुर प्रहरीका एसपी कडायत भन्छन्, ‘‘अब आवश्यक पर्यो भने मास डीएनए परीक्षण पनि आह्वान गर्न सकिन्छ । यसमा पनि छलफल गर्न सकिन्छ । तर अहिल्यै भने केही कुरा भएको छैन । मास डीएनए पनि एउटा विकल्प हुनसक्छ ।’’ मास डीएनए भनेको आम व्यक्तिलाई डीएनए परीक्षणका लागि आह्वान गर्नु हो । यसमा आफूखुशी सहभागी हुने कुरा हो । नेपालमा मास डीएनए भएमा यो पहिलो घटना हुनेछ ।

त्यसो त विश्वमै मास डीएनए निकै कम भएको छ । प्रहरीका अनुसार कतिपय घटनामा मास डीएनए परीक्षणबाट अपराधी पत्तासमेत लागेका छन् । पछिल्लो समय सन् २०१४ मा फ्रान्समा एउटा स्कुलको ट्वाइलेटमा १६ वर्षीया किशोरीको बलात्कार हुँदा ४७५ स्कुले विद्यार्थी, ३१ शिक्षक र २१ स्टाफको डीएनए नमुना संकलन गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय