site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आईजीपीकै अगाडि प्रदीप रावलको बयान- निर्मलाको हत्या मैले नै गरेको हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रदीप रावलकै संलग्नता रहेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । उच्च प्रहरी स्रोतका अनुसार रावललले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । यद्यपि प्रहरीले यसबारे औपचारिक धारणा भने सार्वजनिक गरेको छैन । गत साउन १० गते आफ्नो घरबाट साथीको घरमा जान हिँडेकी भीमदत्तनगर–२ की १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टि भएको थियो । निर्मला हत्याको आरोपमा मंगलबार साँझ काठमाडौंबाट भीमदत्त नगरपालिका–१८ का प्रदीप रावललाई सीआईबीको टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार १८ वर्षीय रावल लागु औषध दुव्र्यसनी हुन् । प्रदीपका आमाबुबा दुवै भारतको बैंङ्ग्लोरमा रोजगारी गर्दै आएका छन् । स्रोतका अनुसार साउन १० गतेसम्म महेन्द्रनगरमै रहेका प्रदीप साउन ११ गते गड्डाचौकी नाका हुँदै भारतको खटीमा गएका थिए । खटीमामा प्रदीपको मामाघर भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘झण्डै १० दिन भारतमा बसेपछि प्रदीप फेरि महेन्द्रनगर आएपछि हामीले समातेका थियौं– साउन २० गते । पछि उनलाई तारेखमा छाडिएको हो । त्यसपछि उनी फेरि हराए,’’ स्रोतले भन्यो । साउन १० गते प्रदीपले साथीहरुसँगै लागुऔषध सेवन गरेका थिए । घटनास्थल वरपर नै उनीहरुले लागुऔषध सेवन गरेको हुनसक्ने बताइएको छ । स्रोतले भन्यो, ‘‘लागुऔषध सेवन गरेपछि प्रदीपले ‘आज त बढी भयो यार’ भनेका थिए ।’’ प्रदीप पक्राउ परेपछि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा बयान लिइएको थियो । प्रदीपले बयानका क्रममा आईजीपी खनालकै अघि भनेका थिए, ‘‘हत्या मैले नै गरेको हुँ । पक्राउ पर्ने डरले भाग्दै आएको थिएँ ।’’ 

प्रदीपले निर्मलाको घाँटी दबाएर हत्या गरेको बयानमा उल्लेख गरेको बताइएको छ । घटना स्वीकार गरेका रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको छ । रिपोर्ट भने आएको छैन । एक प्रहरी अधिकारीले भने, ‘‘निर्मला हत्यामा प्रदीपको संलग्नताको कैयौं आधार र प्रमाण भेटिएका छन् । डीएनए पनि हेरिरहेका छौं । सबै कोणबाट अनुसन्धान गहिरिएर गरिरहेका छौं । डीएनए नै एकमात्र विकल्प नहुनसक्छ ।’’ 

Global Ime bank

स्रोतका अनुसार प्रदीपकै बयानका आधारमा कञ्चनपुरबट थप २ जना पक्राउ परेका छन् । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई बिहीबार धनगढी विमानस्थलबाट काठमाडौं ल्याइएको छ । उनीहरुसँग पनि आईजीपी खनाल आफैंले सीआईबीमा पुगेर बयान लिएका थिए । स्रोतले भन्यो, “राति ११ बजेसम्म आईजी साब आफैं उनीहरुसँग बयान लिँदै हुनुहुन्थ्यो । साथमा अन्य अनुसन्धान अधिकृत पनि थिए ।’’ प्रहरी स्रोतका अनुसार प्रहरी यो घटनाको निचोडमा पुग्ने तयारीमा छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘‘अनुुसन्धान न्यारोडाउन भएको छ । अनुसन्धान जारी छ । अहिले सबै कुरा भन्न मिल्दैन ।’’

स्थानीय भन्छन्– निर्दोष नफसुन्
यसअघि प्रहरीले निर्मला हत्यामा संलग्नताको आशंकामा स्थानीय दीलिप विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, दीलिपको डीएनए म्याच नभएपछि उनी छुटेका थिए । हालसम्म निर्मला प्रकरणमा नौ जनाको डीएनए परीक्षण गरिएको छ । दीलिपलाई समातेपछि स्थानीयले निर्दोषलाई फसाउन खोजिएको भन्दै प्रदर्शन गरेका थिए ।

‘‘अहिले प्रहरीले देखाएको सक्रियता सकारात्मक छ । तर अपराधी छुटुन्, निर्दोष नफुसन् भन्ने हाम्रो माग हो,’’ निर्मलाका छिमेकी स्थानीय अगुवा अम्बादत्त तिवारीले भने । निर्मला हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुर प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् भने अन्य केही प्रहरी निलम्बनमा परेका छन् । प्रहरीले निर्मला प्रकरणबारे केही दिनमै पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !