site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्ड : प्रदीप रावलको डीएनए नमिले के हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय ४ महिना बितिसक्दा पनि उत्तिकै चर्चामा छ । प्रहरीले हत्यामा संलग्नताको आशंकामा मंगलबार साँझ निर्मलाका छिमेकी प्रदीप रावललाई काठमाडौंबाट पक्राउ गरेको छ । 

काठमाडौंमै राखेर रावलमाथि अनुसन्धान भइरहेको छ भने उनको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । रावल अभियुक्त हुन् वा होइनन्, प्रहरीले उनको डीएनए रिपोर्ट पर्खिरहेको छ । प्रारम्भिक अनुसन्धानमा निर्मला हत्यामा रावलको भूमिका हुनसक्ने संकेतहरु देखिएका छन् । ‘‘उनको पृष्ठभूमि पनि अपराधिक प्रकृतिकै हो । घटनापछि उनी सम्पर्कमा थिएनन् । आफन्तले भारतमा छन् भनेका थिए तर उनी काठमाडौंमा लुकेका रहेछन्,’’ प्रहरी स्रोतले भन्यो । निर्मला हत्यामा संलग्नताको आशंकामा प्रहरीले यसअघि दीलिप विष्ट र चक्र बडुलाई समेत पक्राउ गरेको थियो । तर, निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाब’सँग उनीहरुको डीएनए मेल नखाएपछि उनीहरुलाई छाडिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी अनुसन्धानको दायरा साँघुरिँदै गएको बताउँछन् । एसएसपी सुवेदीले भने, ‘‘अनुसन्धान ‘न्यारोडाउन’ तिर गएको छ । शंकास्पदहरुसँग सोधपुछ जारी छ । परिणााम छिटोभन्दा छिटो ल्याउने प्रयास जारी छ ।’’ बुधबारमात्रै कञ्चनपुरमा पनि ७ जनासँग सोधपुछ गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । कडायतले भने, ‘‘हामी सक्रिय रुपमा अनुसन्धानमै छौं । दैनिक कार्यालयमा शंकास्पदलाई बोलाउने, बयान लिने, केरकार गर्ने काम भइरहेकै छ । तर पक्राउ कसैलाई गरेका छैनौं । स्पष्ट प्रमाणको अभावमा समात्ने कुरा पनि भएन ।’’

निर्मला हत्याको आशंकामा काठमाडौंबाट छिमेकी पक्राउ 

प्रदीपको डीएनए नमिले के हुन्छ ?
प्रहरीले पक्राउ गरेका प्रदीपको डीएनए रिपोर्ट शुक्रबारसम्ममा आउने सम्भावना छ । यसबाट प्रदीपको संलग्नता हो–होइन भन्ने पुष्टि हुनेछ । पुष्टि नभएको अवस्थामा प्रहरीले अनुसन्धानको अर्को पाटो सुरु गर्नेछ । केन्द्रीय अनुसन्धान व्युरो र कञ्चनपुर प्रहरीका छुट्टाछुट्टै टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् । कतिपय प्रमाण नष्ट भएकाले अनुसन्धान निकै जटिल बन्दै गएको प्रहरीले बताउँदै आएको छ ।

Global Ime bank

प्रहरीले कल डिटेल, शंकास्पद फेसबुकको अध्ययन, डीएनए लगायतमै टेकेर अनुसन्धान गरिरहेको छ । अहिलेसम्म ९ जनाको डीएनए परीक्षण गरिएको छ । कञ्चनपुर प्रहरीका एसपी कडायतले थप केहीको डीएनए परीक्षण हुनसक्ने बताए । तर तत्कालका लागि प्रहरी रावलको डीएनए रिपोर्ट कुरिरहेको छ । 
प्रदीपको डीएनए नमिलेको अवस्थामा प्रहरीले थप केही व्यक्तिको रगत संकलन गर्नेछ डीएनए परीक्षणका लागि । जसमा सुरक्षा निकायसँगै जोडिएका केही व्यक्ति पर्ने प्रहरी स्रोत बताउँछ । 

प्रहरीले डीएनए परीक्षण गर्नुअघि शंकास्पद व्यक्तिको गतिविधि, पछिल्ला घटनाक्रममा उनीहरुको भूमिका तथा व्यवहार अध्ययन गरेको छ । अनुसन्धानमा क्रममा हालसम्म झण्डै १ हजार जनाको मोबाइल–टेलिफोनको ‘कल डिटेल’ अध्ययन गरिएको छ । झण्डै ४ महिनादेखि सीआईबीको विशेष टोली र राष्ट्रिय अनुसन्धान विभागको गोप्य टोली कञ्चनपुरमै छ ।

सुरक्षाकर्मी नै शंकाको घेरामा ! अनुसन्धानमा संग्लन सबै प्रहरीमाथि कारवाहीको तयारी

न्याय माग्दा राष्ट्रपति निवास अगाडिबाटै पक्राउ (तस्बिरमा)

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement