site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ ।
 
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीनवटा बाख्रा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ । घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र रु पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए । 

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन् । “ठगुन्ना परिवारको घर गोठमा आगलागी हुँदा निकै ठूलो क्षति भएको छ”, स्थानीय अरुणकुमार सिंहले भने, “शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन ।” 

आगलागीपीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro