site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्ड : सुरक्षाकर्मी नै शंकाको घेरामा ! अनुसन्धानमा संग्लन सबै प्रहरीमाथि कारवाहीको तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्मला पन्त हत्याकाण्ड अनुसन्धानको विषयलाई लिएर प्रश्न उठिरहेका बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानका क्रममा सहभागी सबै प्रहरीमाथि कारवाहीको तयारी सुरु गरेको छ । घटनास्थलदेखि विभिन्न निकायमा रहेर अनुसन्धान प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सबै प्रहरीमाथि विभागीय कारवाहीको तयारी भएको हो । 
यसअघि नै निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट निलम्बनमा परिसकेका छन् । यस्तै तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् । 
साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीलाई साउन १० गते नै निर्मला हराएको खबर दिँदा पनि प्रहरीले खोजीमा चासो देखाएको आरोप लागेको थियो । अनुसन्धानमा लापरवाही, घटनास्थलको संरक्षणलगायत विषयमा प्रहरीको कमजोरी रहेको सरकारकै समितिले केलाएपछि प्रहरी प्रधान कार्यालय आफैंले प्रहरीमाथि अनुसन्धान सुरु गरेको थियो । 

निर्मला हत्याकाण्ड : सुरक्षा ‘थ्रेट’मा कञ्चनपुर, प्रहरी नै अघोषित नजरबन्दमा !

आईजीपी सर्वेन्द्र खनालले एआईजी धिरु बस्न्यातको नेतृत्वमा प्रहरीमाथि छानबिन गर्न आन्तरिक समिति गठन गरेका थिए । बस्न्यातको समितिले तत्कालीन समयमा निर्मला हत्याको अनुसन्धानमा जोडिएका सबै प्रहरीलाई काठमाडौं झिकाएको थियो । स्रोतका अनुसार बर्खासीमा परेका र निलम्बनमा परेका प्रहरीबाहेक अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि विभागीय कारवाहीको प्रक्रिया सुरु भएको छ । ‘‘थप १७–१८ जना छन् । उनीहरूको बयान सकिएको छ । कसुरको मात्रा हेरेर कस्तो प्रकारको कारवाही गर्ने भन्ने विषयमा गहन छलफल भइरहेको छ । कसैको घटुवा, कसैको ग्रेड रोक्का लगायतका कारबाही सबैलाई हुने सम्भावना छ,’’ स्रोतले भन्यो । समितिले केही दिनमै आईजीपी खनाललाई आन्तरिक प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन (तस्बिरसहित)

सुरक्षाकर्मी नै शंकाकोे घेरामा 
निर्मला हत्याको अनुसन्धानमा प्रहरीको नयाँ टोली सक्रिय छ । तर, निष्कर्षमा पुगिहाल्ने र अपराधी किटान गर्ने अवस्थामा भने प्रहरी पुगिनसकेको बताइन्छ । तर, शंकाको घेरामा राज्यको सुरक्षा निकायमै कार्यरत दुई जना शंकाको घेरामा छन् । ‘‘किटान गर्न त मिलेन तर उनीहरूका गतिविधि शंकास्पद छन् । कुन सुरक्षा निकायका हुन्, खोल्न मिल्दैन । तर गोप्य अनुसन्धान उनीहरूमाथि सुरु गरिएको छ,’’ स्रोतले भन्यो । तर गाउँले–छिमेकीको गतिविधिमा पनि प्रहरीले नजर राखेको छ । हालसम्म ८ जनाको डिएनए परीक्षण भइसकेको छ भने सयौंसँग बयान तथा सोधपुछ पनि भएको छ । प्रहरीले चिनजानकै व्यक्तिबाट बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गर्दै आएको छ । ‘‘स्थानीयले प्रहरीमा विश्वास गर्ने हो र सहयोग गर्ने हो भने अपराधी पहिचान हुन समय लाग्दैन । तर गाउँलेहरू प्रहरीसँगै बोल्न मान्दैनन् । यस्तोमा हामी जनतालाई विश्वासमा लिने काम गरिरहेका छौं,’’ स्रोतले भन्यो । 
निर्मला हत्यामा संलग्न भएको आरोपमा तत्कालीन प्रहरीले स्थानीय दिलिप विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । दिलिपलाई सार्वजनिक गरेसँगै चर्किएको स्थानीयको आन्दोलनमा प्रहरीको गोली लागेर स्थानीय शनी खुनाको ज्यान गएको थियो । गोली लागेर घाइते भएका अर्जुन भण्डाराको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । उनी बोल्न सक्दैनन् भने उनको खुट्टा अपसेनका क्रममा काटिएको छ । 

निर्मला पन्तको तस्बिर प्रहरीले हटाइदियो, टाँस्न खोज्ने १२ जना पक्राउ 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !