site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यर्थैमा बिते ओली सरकारका नौ महिना ! 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

प्रहरी एकेडेमी सारेर त्यहाँ राष्ट्रपतिका लागि हेलिप्याड बनाउने विवाद, वाइडबडी खरिद प्रकरण, खेलकुदको जग्गा दुरुपयोग, यातायात व्यवस्था विभागमा भएका अनियमितता, सामाजिक सञ्जालको प्रयोग र यसका असरलगायतका विषय यो साता छापामाध्यमका चर्चामा रहेका विषय हुन् । ओली सरकारका नौ महिना व्यर्थैमा बितेको विषय भने यो साता बढी नै चर्चित रह्यो ।

नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले ओली नेतृत्वको सरकारका नौ महिनाको समीक्षा गरेका छन् । मनमोहन अधिकारीको पहिलो अल्पमतको कम्युनिस्ट सरकारलाई प्रमुख दातृ निकायले विश्वास गरेका थिएनन् । तर, पनि त्यस सरकारका कार्यक्रम हेरेर विश्व बैंकले आफ्नो प्रतिवेदनमा पहिलोपल्ट राम्रो कार्यक्रम ल्याएको उल्लेख गरेको थियो । अहिले केपी ओली नेतृत्वमा दुई तिहाइ बहुमतको सरकारको भने गन्तव्यसम्म पनि नौ महिनामा स्पष्ट नभएको समाचारमा उल्लेख गरिएको छ ।

साधन र स्रोतको साथ नभएको त्यसबेलाको सरकार जुनसुकै बेला ढल्न सक्ने अवस्थामा थियो भने अहिलेको बलियो र स्थिर सरकार भए पनि विकास र सुशासनका काममा एक वर्ष नहुँदै आलोचित बन्न पुगेको समाचारमा जनाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सरकारसँगै छैन वाइडबडी किनेको प्रमाण !

वाइडबडी प्रकरणमा अन्नपूर्ण पोस्ट दैनिकले यो साता पनि ‘फलोअप स्टोरी’ गरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले एपीवान टेलिभिजनमा दिएको अन्तर्वार्ताका आधारमा अन्नपूर्ण पोस्टले लेखेको समाचारमा अधिकारीले भनेका छन्, “भाडामा त नहुनुपर्ने हो !” अहिले यो विषय दुईवटा संसदीय समितिमा पुगेको छ । संसदीय समितिमा वाइडबडी प्रकरणमा छानबिन गर्न दबाब परेको छ ।

Royal Enfield Island Ad

नयाँ पत्रिका दैनिकले यो साता सामाजिक सञ्जालको चिरफार गर्यो । सामाजिक सञ्जाल अ (सामाजिक) बन्दै गएको भन्दै नयाँ पत्रिका दैनिकले लगातार समाचार र विचार प्रकाशित गरेको छ । कुकुरको तस्बिरमा प्रधानमन्त्रीको टाउको जोड्ने युवा प्रहरीको फन्दामा, तिनै लोकतन्त्रका पहरेदार भन्दै कांग्रेस र नेविसंघ आन्दोलनमा भन्दै नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।

यस विषयमा नयाँ पत्रिकाले साप्ताहिक बहस पनि गराएको थियो । विश्वभर सामाजिक र राजनीतिक न्यायका लागि विद्रोही विगुल पनि बन्न सामाजिक सञ्जाल सफल भएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

कौडीको भाउमा भाडा 

कान्तिपुर दैनिकले यो साता राजनीतिक विषयवस्तुभन्दा पनि सामाजिक विषयमा आधारित समाचार सामग्री तयार पारेको छ । सानोठिमी क्याम्पसले मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको छ । १३ रोपनी जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा १० वर्षका लागि भाडामा दिइएको समाचारमा उल्लेख छ ।

सरकारी अस्पतालको भरोसा
नयाँ पत्रिका दैनिकले यस विषयमा यो साता सम्पादकीय पनि लेखेको छ । राजनीतिक हस्तक्षेपको सिकार भएका सरकारी अस्पताल अहिले पनि जनसाधारणको पहुँचको अन्तिम आश्रयका रुपमा रहेको सम्पादकीयमा उल्लेख छ ।

निगमको नियति 
नागरिक दैनिकले नेपाल वायुसेवा निगमले भोगेको नियतिका सम्बन्धमा सम्पादकीय लेखेको छ । मुलुकको राजनीतिक परिवर्तनसँगै निगममा भएको राजनीतिकरणले संस्थालाई क्रमशः धरासायी बनाउँदै लगेको सम्पादकीयमा उल्लेख छ । निमगमा कर्मचारी मात्रै आवश्यकताभन्दा बढी रहेको होइन प्रमुख कार्यकारीसमेत अहिले दुईजना कार्यरत छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro