site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीपीएलले दिएको चर्चा
Sarbottam CementSarbottam Cement

पोखरा । पोखरा पल्टनलाई उपाधि सुम्पिएको पोखरा प्रिमियर लिग (पिपिएल) पर्यटकीय नगरी पोखरामा रहेको असिमित पर्यटन र क्रिकेटको सम्भावना उजागर गर्दै मंगलबार सम्पन्न भएको छ । क्रिकेटको पृष्ठभूमीमा देखिने माछापुच्छ्रे हिमालले नेपालको प्राकृतिक सुन्दरता प्रचार गर्दै पीपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा दिलायो । 

खेलकुदको गज्जब संस्कार रहेको पोखरामा यसअघि सहारा क्लब र कास्की जिल्ला फुटबल संघले फुटबलको लोकप्रियता जाँच्दै आएका थिए । लाहुरे बाहुल्यको वस्ती रहेको पोखरामा फुटबलले थेगि नसक्नु दर्शक सधै रंगशाला निम्त्याउन थाल्यो । तर क्रिकेटमा भने पोखरेली दर्शकको चासो परख गर्ने आँट अहिलेसम्म कसैले गर्न सकेका थिएनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो पटक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले पीपीएलका नाममा पोखरामा ठूलो आकारको क्रिकेट प्रतियोगिता लाने जोखिम मोल्यो । तर २० ओभरको छोटो स्वरुपमा फ्रेन्चाइज टिमहरुबीच गराइएको प्रतियोगितामा आयोजकलाई पोखरेली दर्शकले निराश पारेनन् । पहिलो संस्करणमै आयोजकको अपेक्षाभन्दा ठूलो संख्यामा दर्शकहरु पोखरा रंगशालामा नेपालका स्टार तथा विदेशी खेलाडीको कौशल हेर्न उपस्थित भए । 

“सबैजनाको साथले गर्दा पहिलो पटक आयोजना गरिएको पीपीएल राम्रो भयो,” राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले भने “यो मैदान र यो वातावरणमा खेल्न पाउँदा हामी खेलाडीलाई रमाइलो भयो । कार्यक्रम पनि सफल भयो ।”

Global Ime bank

पीपीएल हुुनु अगाडि देखि नै क्रिकेटलाई माया गर्ने विभिन्न देशका विदेशी खेलाडीले पोष्ट गरेका हिमाल पृष्ठभुमी रहेका पोखरा रंगशालाका तस्बिर भाइरल अन्तर्राष्ट्रिय समर्थकमाझ भाइरल भए । पीपीएल खेल्न आएका विदेशी खेलाडीले पोखराको सुन्दरता वयान गर्ने क्रममा नेपालमा खेल्दा छुट्टै आनन्द आएको बताए ।

पृष्ठभूमिमा रहेको माछापूच्छ्रे र धौलागिरी हिमालको दृश्यबाट लोभिएका विदेशी खेलाडीलाई पिपिएलले पोखरामा खेल्ने धित मार्न सकेन । ‘फेरी पनि खेल्न बोलाए आउँछौं’ सबैको भनाई रहने गथ्र्यो । संयुक्त अरब इमिरेट्स (युएई)का कप्तान रोहन मुस्तफाले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग पोखरा रंगशालमा खेल्ने अवसर पाए खुसी खुसी नेपाल आउने समेत इच्छा व्यक्त गरे ।

मंगलबार पोखरा रंगशलामा फाइनल खेल हेर्न पुगेका नेकपाका अध्यक्ष पुष्प कमल दाहालले क्रिकेट मैदानको विकासका लागि आफ्नो पार्टी र सरकारले साथ दिने बताएका छन् । “यो मैदानलाई अनतर्राष्ट्रिय स्तरको रंगशाला बनाउने दिशामा पार्टी, सरकार र हामी सबैको ध्यान जानु पर्दछ,” आठ वर्षअघि आफै प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको समापनमा पुग्दा पनि ५० हजार दर्शक क्षमताको आधुनिक फुटबल रंगशाला बनाउने घोषणा गरेका दाहालले भने “मेरो त्यसमा तपाईहरुलाई साथ रहनेछ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।”
पोखरालाई खेलकुुदको शहरका रुपमा पहिचान दिन केन्द्र सरकारसँग माग राखेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । पीपीएल उदघाटनका अवसरमा उनले पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय न्यूट्रल भेन्यूका रुपमा स्थापीत गर्न कुनै कसर बाँकी नछाड्ने बताएका थिए । 
“पोखरामा ५ वर्ष भित्र अन्तर्राष्ट्रिय खेलकुुद प्रतियोगिता गर्न सक्ने गरी भैतिक पूर्वाधार निर्माणमा प्रदेश सरकार लागिरहेको छ । क्रिकेट मैदानलाई २ वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने गरेर प्रदेश सरकारले वार्षीक कार्ययोजनामा राखेर अगाडि बढीरहेको छ,” मूख्यमन्त्री गुुरुङले भनेका थिए ।
जति राम्रो पीपीएल मैदान छ त्यति नै राम्रो पृष्ठभूमि भएकाले पनि क्रिकेट मैदानको विकास हुुन सके पोखरा क्रिकेटको न्यूटल भेन्युका रुपमा विकास हुुने क्रिकेट जानकारहरु बताउँदै आएका छन् ।
“प्रतियोगिता गर्नु अगाडि हामीले दर्शकको यस्तो साथ पाउँछौं भन्ने सोचेका थिएनौं तर, पोखरामा यस्तो प्रतियोगिता नभएका कारणमात्र क्रिकेटको क्रेज नदेखिएको रहेछ,” कप्तान खड्काले भने “नयाँ ठाउँमा नयाँ पहिचान बनाउँन सफल भएका छौं ।”
पीपीएलले पोखराको पर्यटन प्रवद्धृनमा समेत सहयोग गर्ने आयोजक क्विन्स इभेन्ट्सका प्रवन्ध निर्देशक छुम्बी लामाले बताए । उनले भने “अन्तर्राष्ट्रिय स्तरमा पोखराको पहिचान बनेको छ । यहाँको पर्यटकीय सम्भावनाका साथै, क्रिकेटमा पोखराले नयाँ एक्सपोजर पाएको छ ।”
पहिलो संस्करणको पोखरा प्रिमियर लिग सफलताका साथ सम्पन्न भए पनि नेपाल क्रिकेट संघ (क्यान) नहुुँदा आम समर्थकलाई एउटा चिन्ताले पिरोलिरहेको छ, पोखरा क्रिकेट मैदानको संरक्षण र आवश्यक भाैतिक पूर्वाधार निर्माण कसले गर्ने ? प्रदेश सरकार, पश्चिमाञ्चल खेलकुद परिषद्, कास्की क्रिकेट संघ अथवा स्थानीय तह ? यसको जवाफ यिनैमध्ये कुनै निकायले पीपीएलले व्यवस्थित बनाएको क्रिकेट मैदान संरक्षण गरेर दिनुपर्ने पोखराका खेलकुद अभियन्ता सुदर्शन रञ्जित बताउँछन् । भन्छन्, ‘देश विदेशका ठूला स्टार खेलाडीले पोखराको सुन्दरता र यहाँको पीचको खुलेर प्रशंसा गरेका छन् । पोखराको पीच नेपालमै सबभन्दा राम्रो भएको खेलाडीहरुले बताउँदा हामीले गौरव गरेरमात्र हुँदैन । पीपीएलका आयोजकहरुले यति राम्रो मैदान बनाइदिनुभयो । अब कास्की जिल्ला क्रिकेट संघ, जिल्ला खेलकुद विकास समिति र पोखरा महानगरपालिकाले यसको संरक्षण गर्दै थप संरचना बनाउन लाग्नुपर्छ,’ रञ्जितले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC