साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद’को अफिसियल पोस्टर रिलिज गरिएको छ । मंसिर २१ गतेलाई रिलिज डेट कल गरिएको चलचित्र ‘प्रसाद’को अफिसियल पोस्टर रिलिज गरिएको हो ।
पोस्टरमा चलचित्रका मुख्य तीन कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत फिचर्ड छन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् ।
अघिल्लो हप्ता ट्रेलर सार्वजनिक गरिएको चलचित्र ‘प्रसाद’ निसन्तान दम्पतीको कथा हो । ‘प्रसाद’को कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५ ०९:१९
प्रतिक्रिया दिनुहोस्