site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काठमाडौं । सरकारले ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८’ ल्याएको ७ वर्ष बितिसक्दापनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन । ऐनमा स्थानीय तहको कार्यकारी अधिकृतलाई सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनको जिम्मा दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्ती नियन्त्रण तथा नियमन गर्नका लागि अहिलेसम्म कुनै अनुगमन गर्ने समिति समेत बनाएको पाइएको छैन ।  

‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८’ मा सार्वजनिक स्थलमा कसैले धुम्रपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले बेचविखन गर्न नपाउने, चुरोट बट्टामा मात्रै बिक्री वितरण गर्नुपर्ने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामुलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, एक व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थले कसैलाई असर गर्न नहुने लगायतका कुरा उल्लेख छ  । सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस्नुपर्ने समेत  ऐनमा उल्लेख छ  । तर, अहिलेसम्म कुनै सार्वजनिक स्थानमा जानकारीमुलक सूचना टाँसिएको छैन । धुम्रपान गर्नेलाई कुनै कारवाही गरेको पनि पाइएको छैन । 

Dabur Nepal
NIC Asia

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन शाखा प्रमुख पुष्कर नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न एउटा समिति बनाएर काम गनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । त्यस्तो समिति बन्न नसक्दा कसले अनुगमन र नियन्त्रण गर्ने भन्ने कुरा नै अन्योलमा रहेको उनको भनाइ छ ।  उनले भने “ कहाँ कुन निकायले कति कार्यान्वयन ग¥यो  भन्ने विषयमा  अनुगमन गर्ने निकाय नै नभएकाले कहाँ के भइरहेको छ भन्ने कुरा बताउन सकिदैन ।’’ देशमा नयाँ मुलुकी संहिता आइसकेको अवस्थामा यो ऐनलाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा तत्कालै एउटा बैठक मन्त्रालयमा बस्न लागेको नेपाल बताउँछन् ।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवतmा महेन्द्र श्रेष्ठले सुर्ती नियन्त्रण सम्बन्धी ऐन अनुसार यो वर्ष अनुगमन तथा कारवाही भएको आफूलाई थाहा नभएको बताए । उनले भने “सरकार सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि नेपाल प्रहरीसँग भरपरेको देखिन्छ । तर, प्रहरीले सुर्तीजन्य पदार्थ सेवन गरेकै भरमा कतिलाई कारवाही ग¥यो र कतिलाई सोधपुछ ग¥यो भन्ने तथ्यांक पनि मन्त्रालयसँग छैन ।”

नेपालमा  सेवन बढ्दो

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार   पछिल्लो समय सुतीजन्य पदार्थको प्रयोग बढेको छ । सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग बढ्दा नसर्ने रोगका विरामीहरु पनि बढ्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा  ६० प्रतिशत नसर्ने रोगको कारण धुम्रपान हुने गरेको छ । 

नेपालमा प्रति घण्टा  दुई जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । ११ प्रतिशत मानिसको मृत्यु धुम्रपान सेवनबाट हुने क्यान्सरको कारणले हुने समेत जनाइएको छ । हृदयाघात  ५० वर्षभन्दा माथिको उमेर समूहका मानिसलाई देखापर्ने गरेकोमा पछिल्लो समयमा २० देखि ३० वर्ष उमेर समूहका युवामा बढी देखापर्ने गरेको छ । यसो हुनुमा सुर्तीजन्य प्रयोग नै कारक रहेको बताइएको छ । सरकारले सुर्तीजन्य पदार्थमा प्रतिखिल्ली २५ प्रतिशत स्वास्थ्य जोखिम कर लगाएको छ । तर, सुर्तीजन्य पदार्थ सेवन गर्नेको दर भने घट्न सकेको छैन ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ३५ दशमलब ५प्रतिशत पुरुष र १५दशमलब ५ प्रतिशत महिलाले धुम्रपान गर्छन् । नेपालमा क्यान्सर रोगको प्रमुख कारणमध्ये धुम्रपानलाई मानिदै आएको छ । नेपालमा ८३ लाख जनसंख्याले धुमपान गर्ने गरेको संगठनको तथ्यांकले देखाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu