site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
घरेलु मैदानमा च्याम्पियन बन्ने नेपालको लक्ष्य
SkywellSkywell

काठमाडौं । यु–१५ फुटबल टोलीका प्रशिक्षक सनोज श्रेष्ठले घरेलु मैदानमा साफ च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका छन् । आज भएको प्रि–म्याच कन्फेरेन्समा प्रशिक्षक श्रेष्ठले अन्य टोलीभन्दा आफुहरु विगत १ बर्षदेखि तयारीमा रहेकाले उपाधि जित्ने बताए ।
उनले भने “एन्फा एकेडेमीमा रहेका खेलाडीहरु नियमित अभ्यासमा छन् बाँकी खेलाडी पनि खेलका लागि तयार भइसकेकाले राम्रो नतिजा निकाल्नेछौं ।”  यु–१५ साफ च्याम्पियनसिप बिहीबार (भोलि)बाट एन्फा कम्प्लेक्समा सुरु हुँदैछ ।  नेपालले समूह ए मा आफनो पहिलो खेलमा माल्दिभ्सको सामना गर्दैछ । प्रशिक्षक श्रेष्ठले पहिलो खेलमा सहज जित निकाल्दा अन्य खेलमा खेलाडीको मनोबल उच्च रहने भएकाले पहिलो खेलमा सहज जित निकाल्ने बताए । 

उनले भने “पहिलो खेलमा दबाब नै हुन्छ एकअर्को टिमबारे जानकारी पनि छैन । उमेर समूहका खेलहरु इन्टरनेटमा पनि हेर्न पाइँदैन पहिलो खेलपछि नयाँ रणनिती बनाउनेछौँ ।”  लामो समयदेखि तयारी रहेकाले सबै पक्ष राम्रो रहेको प्रशिक्षक श्रेष्ठको भनाई छ । कप्तान प्रदिप लम्सालले तयारी राम्रो रहेको र घरेलु मैदानमा उच्च मनोबलका साथ खेल्ने बताए । 

Dabur Nepal
NIC Asia

उनले भने “हामीले राम्रो तयारी गरेका छौँ तर अन्तिममा पहिलो किपर घाइते भयो किपिङ्मा केही समस्या हुन सक्छ हामी सजग भएर खेल्नेछौ ।”

यस्तै सहभागी अन्य ५ देशका प्रशिक्षकले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् । भुटानका प्रशिक्षक नकमुराले प्रत्येक खेल शतप्रतिशत दिएर खेल्ने बताए । उनले टोलीले ७ महिना तयारी गरेको र राम्रो प्रदर्शन गर्नेमा आशाबादी रहेको बताए ।  माल्दिभ्सका प्रशिक्षक इब्राहिम हाकिमले दुइ महिनाका तयारीले साफ च्याम्पीयन खेल्न आएको बताए । उनले माल्दिभ्समा गर्मी रहेको र यहाँको मौसमले खेलाडीलाई साथ दिने बताए । 

पाकिस्तानका प्रशिक्षक जोसे रोब्रेटो प्रोटेलाले विभिन्न समयका बाबजुद २० दिनको तयारीमा खेल्न आएको बताए । उनले छोटो तयारी भएपनि उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए । बंगलादेशका प्रशिक्षक मोस्तफा अनुवार परेजले उमेर समूहमा खेलाडीले पहिलो पटक अन्तराष्ट्रिय खेल खेल्न लागेकाले पहिलो खेलपछि रणनिती बनाउने बताए । 

उनले पहिलो लक्ष्य सेमिफाइनल पुग्ने रहेको बताए । भारतका प्रशिक्षक पत्रकार सम्मेलनमा उपस्थित भएनन् । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तान भिड्दैछन् । खेल बिहान साढे ११ बजे सातोबाटोस्थित एन्फा कम्लेक्समा सुरु हुनेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro