site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरणः घटना उखुबारीमै कि अन्तै ? सेनाका जवानमाथि गोप्य अनुसन्धान !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई महिना बित्न लाग्दा र आधा दर्जन अनुसन्धान टोलीले खोजी गरे पनि दोषी अझै पत्ता लाग्न सकेको छैन । यसैबीच निर्मलाविरुद्धको अपराध उखुबारीमै भएको हुन सक्ने सम्भावनातर्फ पनि प्रहरीको अनुसन्धानले संकेत गरेको छ । 

हत्या उखुबारीमा कि बाहिरै ?
साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलिसकेको छ । यस्तो अवस्थामा निर्मलाको हत्या कहाँ र कसरी भएको थियो भन्नेमा प्रहरी अनुसन्धानबाट अझै खुल्न सकेको छैन । तर, विभिन्न कोणबाट घटनाको अध्ययन भइरहेको प्रहरी स्रोत बताउँछ ।

जारी अनुसन्धानमा रहेको एक टोलीले उखुबारीमै घटना भएको दाबी गरेको छ भने स्थानीय यो कुरा स्वीकार्न तयार छैनन् । स्थानीयले अन्य स्थानमा हत्या भएर उखुबारीमा शव ल्याएर फालिएको दाबी गर्दै आएका छन् । उनीहरुको मुख्य माग नै कञ्चनपुर प्रहरीको तत्कालीन नेतृत्वलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घटनास्थलमा पुगेको प्रहरीको टोलीले निर्मलाको शव भेटिएको स्थानको शिलबन्दीसमेत गरेको थिएन । कुनै पनि आपराधिक घटना भएको स्थानलाई पहिले प्रहरीले ‘सिल’ गरेर घटनास्थलको विश्लेषण, अनुसन्धान गर्ने गर्दछ । तर, निर्मलाको शव भेटिएको स्थानमा प्रहरीले संवेदनशीलता नदेखाएको स्थानीय आरोप लगाउँछन् ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार निर्मलाको बायाँ खुट्टाको सुरुवाल पूरै खोलिएको थियो भने दायाँ खुट्टाको आधामात्रै ।  प्रहरीसँग अहिले अनुसन्धानका लागि कुनै प्रमाण नरहेपछि निर्मलाको शव फेला पार्दा खिचिएको तस्बिरको आधारमा अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।

Global Ime bank

त्यसबेला निर्मलाको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘‘निर्मलाको शवको प्रकृति हेर्दा उनले उखुको बोट समातेको जस्तो देखिन्छ । अर्को कुरा, एउटा खुट्टाको सुरवाल खोलिएको र अर्को नखोलिएको हुँदा घटना उखुबारीमै भएको हो कि भन्ने आशंका पनि गर्न सकिन्छ । तर यसअघि नै प्रमाण नष्ट गरिँदा अनुसन्धानमा समस्या भएको छ । अहिले नै ठ्याक्कै भन्न सकिने अवस्था छैन । अनुसन्धान जारी छ ।”

दीलिपलाई सार्वजनिक गर्नु नै ठूलो कमजोरी

भदौ ४ गते तत्कालीन कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले निर्मला हत्याका मुख्य अभियुक्त भन्दै भीमदत्तनगर–१९ का दीलिपसिंह विष्टलाई सार्वजनिक गर्यो । तर दीलिपलाई सार्वजनिक गर्नु नै प्रहरीको ठूलो कमजोरीमात्रै बनेन, त्यसपछि चर्किएको आन्दोलनमा प्रहरीको गोली प्रहारबाट स्थानीय शनि खुनाले ज्यानै गुमाए । आन्दोलनमा प्रहरीको गोली लागेर १२ जना घाइते भए । गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘‘प्रहरीले दीलिपको डीएनए म्याच गरेर मात्रै सार्वजनिक गर्नुपथ्र्यो । प्रहरीले किन दीलिपलाई अभियुक्तका रुपमा उभ्याउन हतार गर्यो ?’’ 

दीलिपलाई आर्थिक प्रलोभनमा पारेर प्रहरीले निर्मलाको हत्या आफैँले गरेको हो भनेर भन्न लगाएको स्थानीयको आरोप थियो । तर, डीएनए रिपोर्टले दीलिपको संलग्नता देखिएन । कञ्चनपुर अझै अशान्त छ । घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरीको नेतृत्वमा एसपी डिल्लीराज विष्टसहित ६ जना निलम्बनमा छन् भने अनुसन्धानमा संग्लन सबैलाई काठमाडौं झिकाइएको छ । 

ठोस प्रमाण भेट्टाउन गाह्रो
निर्मला हत्याको अनुसन्धानका लागि विभिन्न आधा दर्जन टोली कञ्चनपुरमै सक्रिय छन् । निर्मला हत्याको अनुसन्धानका लागि सीआईबीका एसएसपी ठाकुर ज्ञवालीसहित, प्राविधिक टोली, क्राइम सीन विज्ञ टोली, महिला तथा बालबालिका सम्बन्धी विज्ञ टोली र कञ्चनपुर प्रहरीको आफ्नो छुट्टै टोली छ । यीबाहेक राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले पनि अनुसन्धानमा सघाइरहेको छ ।
हरेक टोलीले छुट्टाछुट्टै पनि अनुसन्धान गरिरहेको छ । नयाँ टोलीले ठोस प्रमाण हात पार्न सकेको छैन । प्रहरीले अनुसन्धानका क्रममा ५ सय बढीलाई सोधपुछ गरेको र केही व्यक्तिलाई गोप्य रुपमा निगरानीमा राखेको छ । 

नेपाली सेनाका सदस्य पनि निगरानीमा 
प्रहरीले यतिबेला विभिन्न व्यक्तिलाई निगरानीमा राखेको छ । यसमा राजनीतिक दलका केही नेता, व्यापारी, आपराधिक पृष्ठभूमिका व्यक्ति र नेपाली सेनाका सदस्यहरुलाई पनि निगरानीमा राखेर अनुसन्धान सुरु गरेको उच्च स्रोतको दाबी छ ।
निर्मलाको शव भेटिएको स्थानभन्दा १ किलोमिटर क्षेत्रमा नेपाली सेनाको ब्यारेक रहेकाले केही सेनाका जवान अनुसन्धानको घेरामा रहेको स्रोतले जनायो ।
‘‘४ जना नेपाली सेनाका जवानलगायत अन्य विभिन्न व्यक्तिहरु अनुसन्धानको घेरामा छन् । उनीहरुको गतिविधिमाथि अनुसन्धान जारी राखिएको छ,” स्रोत बताउँछ ।

निर्मलाको न मोबाइल, न फेसबुक 
अनुसन्धानमा सबैभन्दा जटिल भनेकै निर्मलासँग मोबाइल नहुनु र उनको फेसबुक आईडी नहुनु हो । निर्मलासँग मोबाइल भएको अवस्थामा डायल गरेका र रिसिभ गरेका नम्बरहरुको आधारमा घटनाको अनुसन्धान सहज हुनसक्ने अनुसन्धान अधिकारीको आकलन छ । 

स्थानीय मुख खोल्नै मान्दैनन्

निर्मलाको शव वडा प्रहरी कार्यालय महेन्द्रनगरमा निलम्बित प्रहरी निरीक्षक जगदिश भट्टका आफन्तको उखुबारीमा भेटिएको हो । निर्मला हराएको र खोजी गरिदिन पनि निर्मलामा आफन्तले उनै भट्टलाई फोन गरेका थिए । आज ढिलो भैसक्यो, भोलि खोजौँला भन्दै वडा प्रहरी कार्यालयले टारेको थियो । तर, साउन ११ गते निर्मला जिवित भेटिइनन् । निर्मलाको शव भेटिएकै स्थान खोलावारी उनै इन्स्पेक्टर भट्टको घर पनि छ । 

यसैबीच, निर्मला काण्डका दोषी पत्ता लगाउन नसकेको भन्दै सांसदसमेत रहेकी नेकपाकी नेतृ नवीना लामाको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापासमक्ष गएको टोलीले प्रहरी प्रमुख सर्वेन्द्र खनालको बर्खास्तगीको माग गरेको छ भने ‘जस्टिस फर निर्मला’ अभियानले गृहमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारमा प्रदर्शनसमेत गरेको छ ।

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी भएर फर्किने क्रममा बिहीबार त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै अनुसन्धान जारी रहेको बताएका थिए । निर्मला पन्त हत्याकाण्डबारे के भइरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले यत्तिमात्रै भने– अनुसन्धान भइराख्या होला ।

अहिलेसम्म प्रहरी अनुसन्धानले दोषीको सुइँकोसमेत पाउन नसकेको उच्च स्रोतले जनाएको छ । किनकि घटनाको प्रमाण मेट्ने काम गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ६ जना प्रहरीलाई निलम्बन गरिएको छ ।

यस घटनाको विरोधमा कञ्चनपुरदेखि काठमाडौंसम्म प्रदर्शन जारी छ । निर्मला हत्याको अनुसन्धान अन्योलमै रहेपनि प्रहरीले घटनालाई सुक्ष्म अध्ययन भने गरिरहेको जनाएको छ । कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझा घटनाको अनुसन्धान विभिन्न कोणबाट भइरहेको बताउँछन् । केही शंकास्पद व्यक्तिहरु निगरानीमा रहेको तर नियन्त्रणमा भने कोही नभएको उनले बताए।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement