site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सार्क उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको एक सय दिन पूरा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सार्क उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले एक सय दिन पूरा गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबाट सो संघको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं नेपालको प्रतिष्ठित औद्योगिक व्यावसायिक घराना वैद्यज अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज वैद्यले नेतृत्व गरेका हुन् । 
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूबीच निजी क्षेत्रका माध्यमबाट आर्थिक व्यावसायिक सम्बन्ध तथा लगानी विस्तार, यस क्षेत्रमा आइपर्ने समस्या समाधानमा निजी क्षेत्रका माध्यमबाट सरकारहरुलाई सहयोग गर्ने अध्यक्ष बैद्यले जनाकारी दिए । 
संघको वर्तमान अध्यक्षमा वैद्य सहित नेपालकोतर्फबाट उपाध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघको शहरी विकास समितिका सभापति ओम राजभण्डारी तथा कार्यकारी सदस्यमा चन्द्रप्रसाद ढकाल, ज्ञानेन्द्रलाल प्रधान, रीता भण्डारी, शाहिल अग्रवाल, सौर्य राणा, राजेन्द्रमान शेरचन, आरवी रौनियार र प्रमिला रिजाल छन्, ।
संघका अध्यक्ष वैद्यले संघको अध्यक्षता सम्हालेको बिहीबार एक सय दिन पूरा भएको छ । गत वर्ष आयोजित संघको अध्यक्षको पदभार ग्रहण समारोहमा अध्यक्ष वैद्यले यस क्षेत्रको आर्थिक विकासका लागि विशेष गरि अन्तर क्षेत्रीय लगानी अभिवृद्धि, सार्क औद्योगिक पार्क मार्फत अन्तर क्षेत्रीय औद्योगिकीकरणको प्रवद्र्धन, स्मार्ट ग्रीन भिलेजको विकास, सीइओ फोरमको स्थापना, क्षेत्रीयस्तरमा यूवा उद्यमशीलताको विकास गर्ने आफ्ना प्रमुख कार्ययोजनाहरु रहेको बताए । 
कार्ययोजनालाई अगाडी बढाउन अध्यक्ष वैद्यको नेतृत्वमा यस बीचमा यस क्षेत्रका राष्ट्र तथा सरकार प्रमुखहरु समक्ष भेटवार्ता, छलफल, भेटघाट, संवाद कार्यक्रमहरु तीव्र रुपमा सम्पन्न भए भने केही महत्वपूर्ण उपलव्धी समेत भइसकेको छ ।
यस बीचमा अध्यक्ष वैद्यको नेतृत्वमा सार्क उवासंघ प्रतिनिधिमण्डलबाट नेपाल सहित अफगानिस्थान, पाकिस्तान, भारत, माल्द्विभ्स, श्रीलंका लगायतका देशहरुको भ्रमण सम्पन्न भयो भने छिट्टै बांकी देशहरुको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । 
भ्रमणको दौरानमा प्रतिनिधिमण्डलले यस क्षेत्रका सम्भाव्यता, समस्या, सार्क उद्योग वाणिज्य संघको नयां नेतृत्वको भावी कार्ययोजना तथा दृष्टिकोण सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत उच्च पदस्थ सरकारी पदाधिकारीहरु समक्ष राख्यो । 
बैठकमा संघका अध्यक्षले सार्क सदस्य राष्ट्रहरु बीच मोटर भइकल एग्रीमेन्टमा हस्ताक्षर हुनुपर्ने, नीति निर्माण तहमा निजी क्षेत्रको सहभागीता हुनुपर्ने, लगानी आकर्षण तथा लगानी सुरक्षाका लागि आवश्यक नीति निर्माणमा जोड दियो । 
त्यसैगरी प्रतिनिधिमण्डलबाट फगानिस्थानका राष्ट्रपति असरफ घानी, पूर्व राष्ट्रपति हमिद कर्जाई तथा वर्तमान द्वितिय उपराष्ट्रपतिलाई भेट गरि क्षेत्रीय आर्थिक विकास, आफगानिस्थानको सहयोगका विषयमा छलफल गर्यो । 
विश्व अर्थतन्त्रमा सार्कलाई महत्वपूर्ण रुपमा हेरिएकाले यस क्षेत्रमा स्वतन्त्रता पूर्वक व्यापार व्यवसाय गर्ने वातावरण बनाउन सिँगो सार्क संगठनको पहल हुनुपर्नेमा जोड दिइयो । 
त्यसैगरि प्रतिनिधिमण्डलले पाकिस्तानको भ्रमण गरि त्यहाका उच्च पदस्थ सरकारी पदाधिकारीहरु समक्ष भेट गरि सार्कको नयाँ नेतृत्वको आगामी कार्य योजना तथा कार्यक्रमहरु जानकारी गरायो । 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC