site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । पछिल्लो समय नेपालको जलविद्युत्मा चिनियाँ लगानी बढ्दै गएको पाइएको छ । चिनियाँ लगानीमा ७५ मेगावाट क्षमताका २ आयोजना सम्पन्न हुने अवस्थामा छन् भने केही अध्ययनको क्रममा छन् । 
सिनो हाइड्रो कर्पोरेसनले नेपालीसँगको साझेदारीमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनामा चितवन कोई समूहको १० र बाँकी ९० प्रतिशत लगानी सिनोको छ । त्यस्तै, चाइना थ्री गर्जेज कर्पोरेसनको सहायक कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्ल्यूई)ले २५ मेगावाटको मादी १ आयोजना निर्माण गरिरहेको छ । मादीमा सीडब्ल्यूईको ८० र नेपालको गोरखा कन्ट्रक्सन कम्पनीको २० प्रतिशत लगानी छ । यो आयोजना पनि आगामी मंसिरसम्ममा सम्पन्न हुनेछ । दुई आयोजना बनाउन करिव २० अर्ब रुपैयाँ लगानी भएको छ । 
सिनो र सीडब्ल्यूई दुवै ठेकेदार कम्पनी हुन् । सिनोले माथिल्लो तामाकोसी र कुलेखानी तेस्रोको सिभिल निर्माण गरिरहेको छ । चीनको अर्को कम्पनी सीडब्ल्यूईले मध्यमस्र्याङ्दी सम्पन्न गरी हाल रसुवागढी आयोजनाको सिभिल निर्माण गरिरहेको छ । 
चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरसनले ७ सय ५० मेगावाटको जलासशयुक्त पश्चिमसेती आयोजना बनाउने तयारी गरेको छ । थ्री गर्जेजले हाल पश्चिमसेतीको ड्रिलिङको काम सकेको छ । विस्तृत अध्ययनको तयारीमा थ्री गर्जेज लागेको छ । लगानी बोर्डले १ खर्ब ६० अर्ब रुपैयाँ वैदेशिक लगानी ल्याउन थ्री गर्जेजलाई अनुमति दिइसकेको छ । नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेजबीच संयुक्त आयोजना विकास सम्झौता (जेडीए) का लागि काम भइरहेको बोर्डले जनाएको छ । 
चीन सरकारको स्वामित्वमा रहेको हाइड्रो चाइना कर्पोरेसनले १ सय २ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ आयोजना अघि बढाउने तयारी गरेको छ । आयोजना निर्माणका लागि उसले विद्युत् विकास विभागमा विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएको छ । वैदेशिक लगानी ल्याउन उसले उद्योग विभागमा पनि आवेदन दिएको छ । हाइड्रो चाइना चीनको ठूलो प्रवद्र्धक हो । हाइड्रो चाइनाले जलविद्युत्मा वैदेशिक लगानी ल्याउन उद्योग विभागमा आवेदन दिएको छ । 
त्यस्तै, चमेलिया र त्रिशूली थ्री ए आयोजना निर्माण गरिरहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) ले १ हजार २ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत डिजाइन, निर्माण र लगानीसमेत गर्नेगरी (ईपीसीएफ) प्रारूपमा बनाउन ऊर्जा मन्त्रालयमा आशयपत्र पेस गरेको छ । गत वर्ष १ सय ८० मेगावाट क्षमताको स्याङ्जामा रहेको आँधिखोला जलाशययुक्त आयोजना अघि बढाउन विद्युत् प्राधिकरण सञ्चालक समितिले प्रस्ताव पास गरे पनि आयोजनाको काम अघि बढ्न सकेको छैन । 
चिनियाँले जलविद्युत्का अतिरित्त सिमेन्ट तथा खानी उत्खनन्मा लगानी ल्याइसकेका छन् भने केहीले ल्याउने तयारी गरिरहेका छन् । लगानी बोर्ड र उद्योग विभागका अनुसार हालसम्म चिनियाँले विभिन्न क्षेत्रमा २ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी लगानी ल्याउने प्रतिबद्धता जनाउनुका साथै धेरैले लगानी ल्याउन स्वीकृतिसमेत पाइसकेका छन् । होङ्सी सिमेन्ट उद्योगले ३५ अर्ब र हुवाजिन सिमेन्ट उद्योगले १४ अर्ब रुपैयाँ लगानी ल्याउन स्वीकृति पाएका छन् । 
हालसम्म चीनका ३ वटा कम्पनीले जलविद्युत्, २ वटाले सिमेन्ट र एउटा कम्पनीले खानी उत्खनन्का लागि प्रस्ताव गरेका छन् ।
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC