site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रस्तावित बूढीगण्डकी जलाशययुक्त विद्युत् आयोजना बनाउन एक चिनियाँ कम्पनीले प्रस्ताव गरेको छ । 
चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)ले १ हजार २ सय मेगावाटको जलाशययुक्त आयोजना वितृत डिजाइन, निर्माण र लगानीसमेत गर्नेगरी ईपीसीएफ प्रारूपमा बनाउने ऊर्जा मन्त्रालयमा आशयपत्र पेस गरेको छ । सीजीजीसीको प्रस्तावबारे अध्ययन भइरहेको मन्त्रालयका निमित्त सचिव दिनेशकुमार घिमिरेले बताए । सीजीजीसीको आर्थिक तथा प्राविधिक क्षमता बुझ्न अर्थ मन्त्रालयमार्फत् नेपालस्थित चिनियाँ दूतावासलाई पत्राचार गरिएको उनले जानकारी दिए । “चिनियाँ दूतावासबाट जानकारी प्राप्त भएपछि आयोजनाको विषयमा निर्णय हुनेछ,” उनले भने, “अहिले प्रारम्भिक अवस्थामा रहेकाले कुनै निर्णय भएको छैन । उसले ईपीसीएफ प्रारूपमा आयोजना बनाउने भन्ने आशयपत्रमात्र पेस गरेको हो ।” 
सीजीजीसीले चीनको हुवान प्रान्तस्थित ईचाङमा विश्वको सबैभन्दा ठूलो २२ हजार ५ सय मेगावाटको थ्री गर्जेज जलाशययुक्त आयोजनाको ६५ प्रतिशत काम गरेको थियो । सीजीजीसीले ३० मेगावाटको चमेलिया र ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना निर्माण गरे पनि सन्तोषजनक ढंगले काम अघि बढ्न सकेको छैन । गत वर्ष नेपाल विद्युत् प्राधिकरणले प्रस्तावित १ सय ८० मेगावाटको जलाशययुक्त अयोजना सीजीजीसीलाई दिने निर्णय गरेपनि प्रक्रिया अवरुद्ध छ । एक वर्ष बितिसक्दा पनि आयोजना अघि बढेको छैन । 
फ्रान्सको ट्रयाक्टवेल इन्जिनियरिङले बूढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । हाल सरकारले जग्गा अधिग्रहण र मुआब्जा वितरणको प्रक्रिया सुरु गरेको छ । डीपीआरअनुसार आयोजनाको मूल बाँधको उचाइ २ सय ६३ मिटर हुनेछ । बाँधको आकार डबल आर्क ग्राभिटी रहने परामर्शदाताले तयार गरेको विस्तृत इन्जिनियरिङले देखाएको छ । जलाशय क्षेत्रमा ६३ वर्गकिलोमिटर लामो ताल बन्नेछ । आयोजना सम्पन्न गर्न २ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २१ करोड २५ लाख रुपैयाँ पर्ने देखिएको छ । त्यस्तै, बिजुली उत्पादन लागत प्रतियुनिट ७ रुपैयाँ ३५ पैसा छ । परामर्शदाता फ्रान्सको ट्रयाक्टवेल इन्जिनियरिङले तयार गरेको बूढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को पुनर्मूल्यांकन हुने भएको छ । ऊर्जा मन्त्रालयले अन्तर्राष्ट्रिय विज्ञ समूह (प्यानल अफ एक्सपर्ट) मार्फत डीपीआरको पुनर्मूल्यांकन गर्न लागेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC