site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट सार्वजनिक गरिँदै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ ।

गण्डकीमा शनिबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेको छ । सोही सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम मंगलबार बिहान छलफल गरी पारित गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफलमा बोल्ने प्रतिपक्ष दलका सांसदहरुले पहिलाका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । सत्तापक्षका सांसदहरुले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजिए पनि कतिपय छुटेकामा बजेटमा समावेश गरेर जाने बताए ।

सांसदले उठाएका प्रश्नमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएका थिए । उनले सरकार निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगमी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

Global Ime bank

उनले खासगरी प्रमुख प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विशेष धन्यवाद दिए । उनले भने, “उहाँको सहयोगबिना यो नीति तथा कार्यक्रम आउन सम्भव थिएन, बजेट निर्माणमा पनि उल्लेख्य सहयोग छ ।”

प्रदेश सरकारले आजै बजेट प्रदेशसभामा प्रस्तुत गर्दै छ । मुख्यमन्त्री पोखरेलले सदनमा आफैँ बजेट प्रस्तुत गर्नेछन् । पोहोर करिब ३४ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष त्योभन्दा केही घटेर बजेट ल्याउने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement