site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘प्रदेश केन्द्रको रबर स्टाम्प बनिदिँदा संघीयता खतरामा’
Sarbottam CementSarbottam Cement

विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश नम्बर–१ की सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश सरकारले दह्रो गरी खुट्टो टेक्न नसकेका कारण संघीयता र गणतन्त्रमाथि नै नियोजित प्रश्न उठाउन थालिएको बताएकी छन् ।

शनिबार प्रदेशसभामा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा तुम्बाहाम्फेले भनिन्, “एउटा नियोजित हल्ला लगिएको छ कि प्रदेशको काम छैन । केन्द्र वा वार्ड भए पुग्छ, यो प्रदेश र संघीयतालाई सक्ने नियोजित हमला मात्र हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रदेश सरकार केन्द्रको रबर स्टाम्प बन्न नहुने, बरु आफ्नो अधिकार लडेर लिनुपर्ने भन्दै वडामा जाने बजेट प्रदेश सरकार मातहत जाने व्यवस्थाको लागि प्रदेशले अभियान नै चलाउनुपर्ने बताइन् ।

अहिले गाडीको पास लिन मुख्यमन्त्री प्रमुख जिल्ला अधिकारीको कार्यालय धाउनुपर्ने अवस्था रहेको टिप्पणी गर्दै उनले भनिन्, “प्रदेशले दानमा दिएको पैसा भाग लगाउने मात्र होइन, प्रदेश आत्मनिर्भर बन्न आफ्नै दह्रो कोष बनाउनुपर्छ । राजस्व संकलन बढाउनुपर्छ ।” तुम्बाहाम्फेले प्रदेश सबल नभए संघीयता समेत दह्रो बन्न नसक्ने बताइन् ।

Global Ime bank

ताप्लेजुङमा राणाकालमा सांस्कृतिक विद्रोह गर्दा गोली हानेर राज्यले हत्या गराएका बजहाङ आङ्बुहाङको नाममा चाँगेमा उनकै नाममा सहिद मैदान निमाण गर्न प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने माग उनले गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC