site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नमस्ते ग्रुपद्वारा १०५ घरधुरीलाई राहत वितरण
Sarbottam CementSarbottam Cement

चितवन । चितवनका युवा व्यवसायी तथा पेसाकर्मीको समूह नमस्ते ग्रुपले १०५ घरधुरीलाई राहत सामग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका–२, आँपटारीका सुकुम्बासी बस्तीमा उक्त ग्रुपले आज राहत सामग्री वितरण गरेको हो ।

ग्रुपले असहाय, अपांगता भएका, वृद्धवृद्धालाई लक्षित गरी चामल, तेल, नुल, दाल, सोयाविनलगायत वितरण गरेको हो । कोरोना कहरको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामग्री वितरण गरिएको ग्रुपले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ग्रुपका संयोजक दिपेश श्रेष्ठले आगामी दिनमा क्रमशः बस्तीका अरु घरधुरीलाई पनि राहत सामग्री वितरण गरिने बताए । चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराईले व्यवसायी आफैँमा मर्कामा परेको बेला नमस्ते ग्रुपका सदस्यबाट स्वेच्छाले रकम संकलन गरी राहत सामग्री वितरण गरिएको जानकारी दिए ।

गत साता पोल्ट्री व्यवसायी मनोज रानाभाटले आफ्नो जन्मदिनको अवसरमा सोही बस्तीका १५ घरधुरीलाई राहत रकम वितरण गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC