site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव सिटिजन्स बैंकको साधारणसभाबाट पारित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बिहीबार सम्पन्न विशेष साधारणसभाले सिर्जना फाइनान्स र बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको हो ।

सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात गरेको छ । बैंकका अध्यक्ष राजनसिंह भण्डारीले राखेको सिर्जना फाइनान्स प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडको विशेष साधारणसभाले पनि सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंक तथा फाइनान्सको विशेष साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्न बाटो खुलेको हो । यसै आर्थिक वर्षभित्र संयुक्त कारोबार गर्ने तयारी भइरहेको भण्डारीले बताए ।

यही जेठ २६ गतेसम्मको तथ्यांकको आधारमा बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने ऋण लगानी करिब १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिपश्चात् बैंकको कुल शाखा १८९ हुनेछ । बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछि १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

Global Ime bank

बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्ने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC