site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘सेयर बजार बढेसँगै जोखिमको स्तर पनि बढ्यो, जोखिम लिन सक्ने गरी लगानी गर्नोस्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले उपयुक्त विश्लेषण गरी जोखिम वहन गर्न सक्ने क्षमताको दृष्टिगत गरी सुझबुझपूर्ण लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै सेयर बजार बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा लगानीकर्तालाई चनाखो हुन भनेको छ ।

“हाम्रो बजारको विकासको अवस्थालाई हेर्दा विभिन्न समयमा बजारमा घटबढ देखिसकिएकोले लगानीकर्ताले लगानी गर्दा उपरोक्तबमोजिमको विश्लेषणमा आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता समेत दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानीसम्बन्धी निर्णयलिन लगानीकर्तालाई बोर्ड अनुरोध गर्दछ,” बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बजारको सिद्धान्तानुरुप बजार घटबढ हुने भएको र लगानीकर्ताले लगानी गर्दैगर्दा लगानीसँगसँगै जोखिम पनि हुन्छ भन्ने कुरा ध्यानमा राखी जोखिम वहन गर्न सक्ने गरी लगानी गर्नुपर्ने बोर्डले जनाएको छ ।

“सूचीकृत संगठित संस्थाहरुको मूल्य संवेदनशील विवरण तथा सूचना नेप्सेमार्फत प्रकाशन गरी लगानीकर्ताहरुले समयमा नै पाउने व्यवस्था बोर्डले गरेको छ । धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुलाई धितोपत्र खरिद–बिक्रीसम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गरेर लहैलहैमा नलागी लगानीसम्बन्धी निर्णय  लिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

बोर्डले सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासाहरु आएको भन्दै त्यसको छनबिन गरिरहेको दाबी गरेको छ । “पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासाहरु पनि प्राप्त भई बोर्डले यस सम्बन्धमा अध्ययन सुरु गरेको छ, यस्तो अध्ययन सम्पन्न हुन केही समय लाग्न सक्छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ ले वर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँछौँ,” बोर्डले भनेको छ, “सम्पूर्ण लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न अनुरोध गर्दछौँ,” बोर्डले भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement